हिजो र आज :युद्ध र प्रेम

प्रकाशित मिति:

अर्जुन ज्ञवाली-

हिजो युद्धको चर्चा थियो
आज प्रेमको चर्चा छ
एक दिन एउटा छ
अर्को दिन
अर्को प्रचार छ
होइन यो
कस्तो नारा हो कि
पारा हो
त्यही मान्छे
अघिल्लो दिन युद्धको कुरा गर्छ
बेस्सरी
अनि अर्को दिन प्रेमको कुरा गर्छ
त्यसरी नै
एउटै मान्छेको
एकै दिनमा
बद्लिएछ आनिवानी
अहो१ कस्तो आश्चर्य
साच्चै चाहो भने
एकै दिन मै बद्लिन्छ
हरेकको जिन्दगी
छैन यहाँ
कोही कसैको रोकतोक
छैन कसैको
बन्धन अनि बन्दगी
युद्ध होस वा प्रेम
दुवैको शुभकामना
तर एउटा निशर्त शर्त छ
फेरी भन्छु
अपरिवर्तनिय शर्त छ
त्यो के भने
यि दुईले कसैलाई हानी नगरोस्
बरु हामी भनोस सधै सधै
अलिकति शाहस, उमंग र हर्ष थपोस
हिजो युद्ध दिवस
आज प्रेम दिवस
अनन्त शुभकामना