बलिउड अभिनेत्री किशोरी बलालको निधन

प्रकाशित मिति:

एजेन्सी/ बलिउड तथा दक्षिण भारतीय सिनेमाकी दिग्गज अभिनेत्री किशोरी बलालको निधन भएको छ । उनी शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिकाका लागि चिनिएकी थिइन् । लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको बलालको अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

निर्देशक आशुतोष गोवारिकरले यसको जानकारी ट्विटरमा दिएका छन् ।किशोरीले सन् १९६० मा बलिउडमा आफ्नो पाइला चालेकी थिइन् ।