२६ असोज काठमाण्डौ /त्रिभुवन बिश्व बिद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुमा शुक्रबार आवतजावत धेरै देखिन्थ्यो तर गेटमा पुगे पछि पालेले क्याम्पस प्रशासन बन्द भैसकेको खबरले सबै निरास देखिन्थे । शुक्रबार मात्र हैन क्याम्पस प्रशासन बिहीबार देखी नै कात्तिक ७ गते सम्मका लागि बन्द थियो । आगन्तुकहरुलाई चित्त बुझाइ दिँदै थिइन् , पालेले ‘यो टियूको क्यालेण्डर अनुसार बिदा भएको ।’ धादिङ्गबाट एमपिएको फर्म भर्न हतारिँदै आएका एक बिद्यार्थी जंगिदै थिए , सबै तिर बिदा कटौती भएर कार्यालय चलेकाछन् , टियूलाई नियम लाग्दैन ? , कात्तिक ९ गते सम्म मात्र फर्म भर्ने म्याद छ भन्ने थाहा पाएका उनले अफिसबाट समय निकालेर आएको बताउँदै भने ‘अब अर्को पटक कसरी समय निकाल्ने ?’ उनी जस्तै एक एक गर्दै दशैंको मौका छोपी समय निकालेर टाढा टाढा बाट आउने धेरै थिए तर सबैमा फगत दुःख पाइयो भन्ने निरासा बाहेक केही थिएन । त्यसो त शिक्षा मन्त्रालयले स्पष्ट निर्देशिका नबनाएको भन्दै सबै स्कुल कलेज बिदा भैसकेका छन् तर अति महत्वपुर्ण जिम्मेवारीमा रहेको त्रिभुवन बिश्वबिद्यालयको परिक्षा नियन्त्रण कार्यालय दशैं भरि बिदा भैदिनाले यसको असर कहाँ कहाँ पुग्ला ? रामेछापबाट हतार हतार आइपुगेका रमेश कार्की भन्दै थिए ‘जागिर त टियूमा पो खानुपर्ने रहेछ ।’ धेरैको गुनासो यति धेरै दिन बिश्वबिद्यालयको प्रशासन बन्द हुनु मात्र थिएन यति धेरै सामाजिक संजाल र टियूको आफ्नै वेवसाइट हुँदा समेत सूचना सार्वजनिक गर्नुपर्दैन ? तथापि गेटको भित्ता भरि सुचना छरपस्ट थिए ।













