ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक

प्रकाशित मिति:

तिलोत्तमा, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ज्येष्ठ कम्युनिष्ट मञ्च पाँच नम्बर प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ । मन्चका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कम्युनिष्ट राजनीतिमा लागेका पुराना र पाकापुस्ताले आफूले हासिल गरेको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताइन् । पुर्व सभामुख समेत रहेकी घर्तीले ज्येष्ठ कम्युनिष्ट कार्यकर्ताहरुसँग कम्युनिष्ट आदर्शको सही नीति र मान्यता रहेकोले त्यसलाई नयाँ पुस्तालाई हस्तान्तरण गरेर पार्टीलाई सही मार्गमा हिंडाउन सकिने बताउनुभयो । त्यस अवसरमा उनले ज्येष्ठ कम्युनिष्ट मञ्च प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहण गराएकी यिइन् । कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार नेत्र पन्थी, रामचन्द्र भट्टराई, प्रदेश कार्यालय सचिव बलराम अधिकारी, मन्चका सचिव इश्वरी खनाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।