कांग्रेस सभापति देउवाद्धारा नवलपरासीका जिल्ला सभापतिलाई बर्खास्त

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री डा शशांक कोइरालालको गृहजिल्ला नवलपरासीका पार्टी सभापतिलाई बर्खास्त गरेका छन् । सभापति देउवाले महामन्त्री कोइराला निकट मानिने कार्यबाहक सभापति अर्जुन पोखरेललाई बर्खास्त गरेर विष्णु पौडेललाई सभापति तोकेका छन् ।

देउवाले पोखरेललाई सभापति बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आकस्मिक बैठक महामन्त्री डा।शशांक कोइरालाको निवासमा बसेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नवलपरासी जिल्लामा विष्णु पौडेललाई सभापति बनाइएकोमा असन्तुष्टि जनाएको छ । राज्य पुर्नसंरचना अघि जिल्ला सभापति विष्णु लामिछाने थिए ।

राज्य पुर्नसंरचना पश्चात जिल्ला विभाजित भई दुइटा भएपछि लामिछाने बर्दघाट पूर्वका सभापति नै रहे भने नयाँ जिल्ला नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको थियो । सभापति देउवाले पोखरेलले आफ्नो समूहको हितमा काम नगरेका कारणले हटाएको आरोप संस्थापन विरोधी समूहले लगाएको छ ( विकास टाईम्स वाट साभार )