बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरस जोगिन भीडभाड र घुमफिरमा ननिस्कन प्रदेशबासीलाई आग्रह गरेका छन । कोरोनाबाट जोगिन सतर्कल बढाउन आवश्यक रहेको उनको भनाइ छ । संसदमा बिहीबार संवोधन गर्दै चीनबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै त्यसबाट जोगिन यो समयमा कतै घुमफिर र भीडभाडमा नजान आग्रह गरेका छन् । उनले भने, ‘सम्भावित संकटलाई सामना गर्न क्वारेन्टाइम र आइसुलेसन वार्ड पनि तयार गरिएको छ । आशंकित विरामीलाई परिक्षणको व्यवस्था गरिएको छ । उच्च ज्वरोलाई आएका व्यक्तिको भन्सार नाकामा मिलाएका छौ । यो बेलामा कतै घुमफिरमा प्रदेशबासी नजाऔं ।’
चीन बाहिरका अन्य देशमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलिएको छ । ‘कोरोना संक्रमण पाका उमेरका वृद्धावृद्धाहरुलाई तिर्थाटन नर्गनुहोस । व्यक्तिबाट मात्र सर्दैन उसले प्रयोग गरेका सामग्रबाट पनि सर्छ । इमुन्युटी पावर कम भएका मानिसमा संक्रमण बढी हुन्छ । भीडभाडतर्फ भन्छु । रोगलाई खेलवाडको विषय नबनाउ ।’
प्रदेश नयाँ दिशाबाट अगाडि बढेको उनले बताए । पोखरेलले प्रदेश एक्स्पोले नयाँ सन्देश दिएको दावी गरे । कम खर्चमा एक्स्पो आयोजना गरियो । एक लाख जनताले अवलोकन गरे । प्रदेशका गौरवका आयोजनाको मापदण्ड तयार गरिएको पनि उनले बताए । त्यसले भोलिका दिनमा आयोजना छनौट त्यही आधारमा छनौट गर्ने बताए । जीवराज आश्रित र कृष्णसेन इच्छुक सडकलाई प्रदेशको गौरवको आयोजना भनेको छ । बहुवर्षिय आयोजनाको खर्च पनि बढाउदै लैजाने मुख्यमन्त्रीले बताए । ‘अहिलेकै जनशक्तिको कारण प्रदेशलाई समृद्ध बनाउदै लैजानेछौ । लोकसेवा मार्फत दरवन्दी आपूर्ति गर्दै जानेछौ ।’ मुख्यमन्त्रीले भने ।












