कांग्रेसले सचेतनामूलक सन्देश प्रशारण गर्ने

प्रकाशित मिति:

काठमाडौं  : विश्वव्यापी फैलिइरहेको कोरोना भाइरसबारे सचेतना फैलाउन नेपाली कांग्रेसले टेलिभिजनमार्फत सन्देश प्रशारण गर्ने भएको छ।  प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ५५ सेकेन्डको सचेतनामूलक भिडियो सन्देश एक दर्जन टेलिभिजनमार्फत सोमबारदेखि नै प्रशारण हुनेछ। कांग्रेसको प्रचार विभागले तयार पारेको भिडियो एक सातासम्म टेलिभिजनमार्फत प्रशारण गरिने छ।

‘कोरोना भाइरसविरुद्ध यो बेलामा जनतालाई सचेत बनाउनु हरेक राजनीतिक दलको दायित्व हो,’ शर्माले भने, ‘त्यसैले ५५ सेकेन्डको भिडियो आजदेखि टेलिभिजनमा प्रशारण गर्दैछौं।’ कांग्रेसले यसअघि युट्युवमार्फत चार मिनेट र एक मिनेटको कोरोना भाइरसविरुद्धको सचेतना जगाउने भिडियो सार्वजनिक गरेको थियो।