पुरुषको तुलनामा महिलाको दृष्टिदोष अधिक

प्रकाशित मिति:

विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारण गर्ने लक्ष्यले ‘भिजन २०२०’ तय गरेको दुई दशक बिते पनि नेपालमा दृष्टिदोषका समस्याहरु निवारण हुन सकेका छैनन्। अझ त्यसमाथि पुरुषको तुलनामा महिलाको दृष्टिदोष अधिक भएको देखिएको छ।

विश्व आँखा दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले नेपालमा ६० प्रतिशत महिलामा दृष्टि क्षमता कमजोर रहेको तथा दृष्टिविहीनहरु अहिले पनि आँखा उपचारको पहुँच बाहिरै हुनुपरेको प्रतिष्ठानले जनाएको छ।

चिकित्सकका अनुसार आँखाले टाढा वा नजिकको बस्तु देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु, दृष्टिदोषका समस्या हुन्। आर्थिक विपन्नता, परिवारमा महिला स्वास्थ्य प्राथमिकतामा नपर्नु, यातायातको असुविधा, उपचार खर्चको अभाव, निर्णय प्रक्रियामा सहभागिताको कमी हुनुले महिलाहरु सजिलै उपचारमा पुग्न नसकी दृष्टि देखिएको हो।

यसबाहेक महिलालाई उपचारमा जानको लागि परिवारको पुरुष सदस्यको सहयोग लिुनपर्ने बाध्यताले पनि महिलाको सबै महिला उपचारमा पुग्न सकेका छैनन्।