अमेरिकामा टोर्नाडो र असिनाको चेतावनी

प्रकाशित मिति:

एजेन्सी /चीनको बुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणको चपेटामा परेको अमेरिकामा टोर्नाडो र असिनाको चेतावनी दिइएको छ ।कोरोनाका कारण सबैभन्दा बढी संक्रमित बनेको अमेरिकामा मौसमविदहरुले टोर्नाडो र असिनाको चेतावनी दिएका हुन् ।अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय ११ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा १९ हजार १ सय ८५ जना नयाँ संक्रमित देखिएका हुन् ।अमेरिकामा ३ हजार २ सय ३१ जना उपचारपछि निको भएका छन् भने १ लाख १७ हजार ८ सय ६९ जना उपचाररत छन् ।चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुकक हुँदै अमेरिकामा गम्भीर अवस्थामा देखिएको छ ।कोरोनाको सामना गरिरहेको अमेरिकामा मौसमविद्ले पुनः टोर्नाडो र असिनाको चेतावनी दिएका छन् ।

अमेरिकाको शिकागो लगायत त्यस क्षेत्रमा टोर्नाडो र असिनाका कारण झण्डै ७० मिलियन जनताहरु खराब मौषमको चपेटामा पर्ने मौषमविदहरुले दाबी गरेका हुन् ।शिकागो मेट्रोसहित ४५ हजार स्क्वायर माइलमा खराब मौषमको चेतावनी दिइएको हो ।नर्दन इलिनोयमा सामान्य जोखिम रहेको, मिजौरी, इन्डियाना र आयोवामा उच्च जोखिम रहेको तथा मिडवेस्ट, साउथवेष्ट र ओहायो भ्यालीमा जोखिम रहेको जनाइएको छ ।उनीहरुले विनाशकारी हावा चल्नुका साथै ठूलाठूला असिना पर्ने पूर्वानुमान गरेका छन् । कतिपय स्थानमा बर्षाका साथै हिमपातको समेत हुनसक्ने अनुमान गरिएको छ ।-खबरहब