काठमाडौं, चैत । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्स काठमाडौं अवतरण भएको छ।
सामान लिन शनिबार चीन गएको जहाज आइतबार बिहान साढे पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
चीन्बाट कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने पीपीई, मास्क लगायतका सामग्री ल्याइएको छ। नेपाल सरकारले खरिद गरेका र ज्याकमाले नेपाललाई सहयोग गरेका दुवै सामाग्री नेपाल एयरलाईन्सबाट ल्याइएको छ।
चीनको ग्वाङ्झाओ सहरबाट उक्त सामाग्री ल्याइएको हो।










