नेविसंघका नेताहरु द्धारा प्रहरीलाई मास्क र पञ्जा हस्तान्तरण

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेताहरुले नेपाल प्रहरीलाई मास्क र पञ्जा हस्तान्तरण गरेका छन । नेपाल विद्यार्थी संघद्वारा शंकरदेव क्याम्पसका नेता दीपक ओझाको नेतृत्वको टोलीले संकलन गरेको मास्क र पञ्जा हस्तान्तरण गरीएको हो ।  सदैव अरुको सुरक्षामा खटिने सुरक्षाकर्मीहरु नै असुरक्षित रहेको विषयलाई मनन गर्दै नेविसंघले आइतबार मास्क, पञ्जा र स्वास्थ्य सचेतनासम्बन्धी सामग्री अनमानगरस्थित महानगरी प्रहरी वृत, सिंहदरबारमा कार्यरत प्रहरीहरुको उपयोगका निम्ति कार्यालय प्रमुख उपरीक्षक हरिबहादुर बस्‍नेतलाई हस्तान्तरण गरिएको जनाइएको छ । मास्क र पञ्जा हस्तान्तरण कार्यक्रममा नेविसंघका केन्द्रीय महामान्त्री बलदेव तिमल्सिना, महामन्त्री युवराज पाण्डे, पूर्व महामन्त्री कुन्दन काफ्ले, नेपाली कांग्रेसका युवा नेता श्याम तिम्सिना, नेविसंघका नेताहरु दीपक न्यौपाने, दीपक ओझा, सोमराज मल्ललगायतको सहभागिता रहेको जनाइएको छ ।