सहयोगमा लाग्न तरुण दलले दियो जिल्ला कार्यसमितिलाई निर्देशन

प्रकाशित मिति:

काठमाडौं, चैत्र १८ । नेपाल तरुण दलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट जोगिनका लागि जिल्ला कार्यसमितिलाई विभिन्न निर्देशन दिएको छ । दलका अध्यक्ष जितजग बस्नेतले एक परिपत्र मार्फत यस्तो विपत्को अवस्थामा स्थानीय प्रशासन संग अनुमती लिई र नियम क्रियाकलापमा सहजीकरण गर्न÷गराउनको लागि जिल्ला अध्यक्षहरुलाई निर्देशन दिएका हुन् ।

बस्नेतले बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईन सम्म पुग्न नसकेका र नपुगेका भए प्रशासन संग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने, लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भुमिका निर्वाह गर्ने, लकडाउनका कारण आफनो गन्तव्य सम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरुलाई प्रशासनको सहयोगमा गन्तव्य सम्म लैजाने र खानपिनको ब्यबस्था गर्ने लगायतका निर्देशन दिएका हुन् ।यस्तै खाद्यान्न, तरकारी, दुध, औषधी, पानी लगाएत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले केही सजकता र एक अर्का बीच दुरी कायम गराउन पनि तरुण दलले आग्रह गरेको छ ।