चैत १८, नवपुर । नेकपा नवलपुरले कोरोना भाइरसको महामारी फैलिएको बेला वली सरकारले विरामीहरुलाई सहज उपचारको व्यवस्था नगरेको र अस्पताल पुगेका विरामीहरुलाई निजी अस्पतालहरुले फिर्ता पठाएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला सेक्रेटरी शीतलले मंगलबार एक प्रेस विज्ञप्ती जारी यस्तो विकराल अवस्थामा समेत सरकारले न्युनतम संवेदना गुमाएको बताएको छ ।
नेकपा नवलपुरले देश सङ्कटमा परेको बेला केही माफियाहरु र कालोबजारियाहरुले क्रृत्रिम अभाव खडा गरी जनतालाई महङ्गीले ढाड सेकेको बताएका छन् । जिल्ला सेक्रेटरी शीतलले जनतालाई तत्काल राहत दिनुपर्ने अवस्थामा उल्टै वली सरकार र सरकार जनप्रतिनिधिहरु मेडिकल सामग्री खरिद र वितरणमा अक्षम्य भ्रष्टाचार र अनियमितता गरेको भन्दै ती अपराधीहरुलाई जनताले कारवाही गर्ने बताएका छन् । सरकारको उक्त रबैयाप्रति घोर निन्दा एवं भत्सर्ना गर्दै कोरोना भाइरसबाट जोगिन र देशलाई सबै सङ्कटबाट मुक्त गर्न जिल्लाबासी जनता जागरुक हुन अपील समेत गरेको छ ।












