काठमाडौं । नेपाली विद्यार्थी संघले लकडाउनको समयमा नियमीत सन्चारकर्ममा खटीएका एपी वान टेलीभीजनका सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, ग्लोब्स वितरण गरेको छ । लकडाउनको समय अहोरात्र सन्चारकर्ममा कटिएका सन्चारकर्मीलाई संकेतीक रुपमा अत्यावश्यक सामाग्री वितरण गरीएको नेविसंघ महामन्त्री युवराज पाण्डेयले जानकारी दिनु भएको छ । यस अघी सडकमा खटेका सुरक्षाकर्मी र उनीहरुको परिवारमा मनोवैज्ञानिक तनाव कम गर्न सुरक्षा सामग्री हस्तान्तरण गरिएको थियो । ।शंकरदेव क्याम्पसका नेविसंघ नेता दिपक ओझाको नेतृत्वमा संकलित मास्क पञ्जा एपीवान टेलीभीजनका प्रमुख सम्पादक टिकाराम यात्रीलाई हस्तान्तरण गरिएको हो।हस्तान्तरण कार्यक्रममा महामन्त्रीहरु बलदेव तिमल्सिना र युवराज पाण्डेय लगायतका नेताहरुको उपस्थीती रहेको थियो ।












