स्वास्थ्यकर्मीकालागि कोरोना चेकजाँच गर्दा लगाउने पोशाक तथा अन्य उपकरण ब्यवस्था गरि अस्पत्ताललाई हस्तान्तरणगरे : प्रदेश सांसद विष्णु पन्थी
डिलाराम भुसाल कपिलवस्तु २५ चैत्र । सिंगो नेपाल लक डाउनमा रहेका वखत यतिबेला प्राय सबै नेपाली होम क्वारेण्टाइनमा रहीरहेका बेला कपिलबस्तुका प्रदेश सांसद विष्णु पन्थीले यतिबेला आफ्नो र परिवारको स्वास्थ्य चिन्तनलाई थाति राखेर जनताको सेबा ग्रर्ने उदेस्यले स्वास्थ्य कर्मी संघ संस्था सुरक्षा निकाय लगाएत प्रत्यक्ष जनताको स्वास्थ्य अबस्था पहिलो प्राथमिकतामा राखर आफनो निर्वाचन क्षेत्र तथा कपिलबस्तु जिल्ला भरका जनताको साथमा रहेको पाएको छ । उनले आफ्नो र परिवारको छिमेक समाज र देशवासीहरु कोरोना मुक्त रहेको अवस्था देख्न चाहेका छन् । पन्थी यतिबेला बेला कपिलवस्तुका जिल्लावासीलाई कोरोनावाट सुरक्षित राख्न सकिएला भन्ने चिन्तनका साथ अस्पतालका डाक्टर स्वास्थ्य कर्मी सुरक्षा कर्मी पत्रकार , का लागि आवश्यक पर्ने पिपिई अर्थात पर्सनल प्रोटेक्सन इक्वीप्मेण्ट ब्यक्तिगत सुरक्षा उपकरण जुटाउने र हस्तान्तरण गर्ने अभियानमा सामेल हुदै जिल्ला दौडानमा छन् । यसरी कपिलवस्तुका पिपरा अस्पत्ताल र कपिलवस्तु सामुदायिक अस्पत्ताल, सिएन सि अस्पताल , युनाईटेड नेशनल अस्पताल, लगाएत अन्य स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मीकालागि कोरोना चेकजाँच गर्दा लगाउने पोशाक खोजेर ब्यवस्था गर्ने र अस्पत्ताललाई हस्तान्तरण गर्ने काम प्रदेश सांसद विष्णु पन्थीले गरेको बताएको छ । उनले केहि अस्पताल लाई ५र५ थान पिपिई हस्तान्तरण गरेका छन् भने अन्य स्वास्थ्य संस्थालाई पनि २ र २थान पिपिई हस्तान्तरण गरेको बताएको छ ।कोरोनाका संभावित संक्रमित त परैको कुरा ज्वरो आएको विरामी अस्पत्तालमा आउदा समेत हेर्न नसक्ने गरी स्वास्थ्य जोखीममा परेका स्वास्थ्यकर्मीका लागि तलदेखि माथि सम्म लगाउने पिपिई उपलब्ध गराएका सांसद पन्थीले कपिलवस्तुवासीलाई ढुक्कले होम क्वारेण्टाइनमा बस्न आग्रह समेत गरेका छन् । प्रदेश सरकार,स्थानीय सरकार र स्वयम संसदका हिसावले आफु जनताको स्वास्थ्यकालागि आवश्यक सबै ब्यवस्था मिलाउन पछि नपर्ने बताउदै सांसद पन्थीले अस्पतालका लागि आवश्यक पर्ने एन नाइन्टिफाइभ मास्क,ज्वरो नाप्ने गन थरमोमिटर र भाइरस निर्मलीकरण गर्ने स्प्रे प्रदान समेत गरेका छन् । भने सुरक्षा निकाय संन्चार क्षेत्र लाई समेत मास्क र सेनिटाजर बितरण गरेका छन् । यसरी देश र जनताले विषय स्वास्थ्य समस्यामा भोगी रहेका वखत सांसद पन्थीले गरेको काम उच्च प्रसंसायोग्य रहेको राष्टिय मानबअधिकार पष्टीठानकपिलबस्तुका जिल्ला अध्यक्ष बिष्नु खतिवडाले बताए । जनताको दुखका बेला साथदिने नै वास्तवमा जनताको नेता बन्ने खतिवडाको भनाइ छ ।
फोटो विबरणः अस्पतालका डाक्टर स्वास्थ्य कर्मी सुरक्षा कर्मी पत्रकार , का लागि आवश्यक पर्ने पिपिई अर्थात पर्सनल प्रोटेक्सन इक्वीप्मेण्ट ब्यक्तिगत सुरक्षा उपकरण जुटाउने र हस्तान्तरण ग्रदै कोरोना चेकजाँच गर्दा लगाउने पोशाक ब्यवस्था गर्ने र अस्पत्ताललाई हस्तान्तरण ग्रदै कपिलबस्तु प्रदेश सभा १ का प्रदेश सांसद विष्णु पन्थी तस्बिर डिलाराम भुसाल ÷










