शितगंगा नगरपालिकाको प्रकोप कोषमा १लाख २१हजार सहयोग

प्रकाशित मिति:

कपिलवस्तु / अर्घाखाँचीको शितगंगा नगरपालिकाले अहिलेको विषम परिस्थितीमा अतिविपन्न र गरिब परिवारहरुका लागी राहत प्रदान गर्न स्थापना गरेको नगर प्रकोप कोषमा शितगगां नगरपालीका वडा न२मा रहेको सुपादेउराली मन्दिर ब्यवस्थापन समितिले रु। १लाख एक हजार र शितगगां नगरपालीका वडा न३ मा अवस्थित बराह बचत तथा ऋण सहकारिबाट रु २०हजार सहयोग प्रदान गरेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जाकारी दिनु भयो ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण देश नै लक डाउनको अवस्थामा रहेको र दैनिक ज्याला मज्दुरी गरी जिवीकोपार्जन गर्नेहरुलाई विहान बेलुकाको छाक टार्न समस्या भएको अवस्थामा नगरका गरिब विपन्न परिवारलाई राहत पुगोस भनि प्रकोप कोषमा सहयोग रकम प्रदान गरेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पृतम थापा र बराह बचत तथा ऋण सहकारिबाट का अध्यक्ष मधु अधिकारी ले बताउनु भयो ।त्यस्तै शितगंगा नगरपालिकाले प्रकोप ब्यवस्थापन कोषमा ८० लाख जम्मा गर्ने भएको छ । यस्तै नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण तथा व्यबस्थापनको लागि सहयोग गर्न चाहाने इच्छुक सहयोग दाताहरुलाई शितगंगा नगरपालिकाको नाममा राष्ट्रिय बाणीज्य बैँक खाता न स्थानिय तह प्रकोप व्यबस्थापन कोष३०५०३०५०४९४०७ मा रकम जम्मा गरी आव्हान गरेको छ