डब्लूएचओलाई दिइदै आएको सहयोग रोक्ने  ट्रम्पको चेतावनी

प्रकाशित मिति:

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लूएचओ लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् ।ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारी भएको छ, हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ,’ ट्रम्पले भने ।

डब्लूएचओले कोरोना भाइरसबाट उत्पन्न हुने खतराको सामनाका लागि पर्याप्त काम गर्न नसकेको ट्रम्पले आरोप समेत लगाएका छन् ।ट्रम्पले अमेरिकामा अहिले फैलिएको कोरोना भाइरसको महामारीका लागि डब्लुएचओले दिएको सूचना समेत गलत रहेको आरोप बताएका छन् ।अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भएको डब्लूएचओले बताए पनि विश्वमा धेरै संक्रमित भएको देश अरु नै रहेको आफ्नो सूचनामा रहेको जनाएका छन् ।गएको जनवरी ३१ मा चीनका केही स्थानबाट हुने यात्रामा ट्रम्पले प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । तर डब्लूएचओले त्यसको समर्थन नगरेपछि ट्रम्प डब्लूएचओसँग रुष्ट हुँदै आएका छन् ।-खबरहब बाट साभार