भनिन्छ, जब देशमा संकट आईपर्छ, तब सबै कुरा पछाडि छाडेर मानवता र उदारता देखाउनु । तर नेपालको पछिल्लो समयका संकटहरुलाई नियाल्ने हो भने यहाँ मानवताको खडेरी नै परेको देखिन्छ । हाल विश्वका सयौँ देशसँगै नेपाल पनि कोरोना भाइरस ९कोभिड–१९०को चपेटामा परेको छ । विगत केही दिन देखि लकडाउन बन्दाबन्दी घोषणा गरिएको छ र बिषेश काम बाहेक बाहिर निस्कन र हिंडडुल गर्न निषेध छ । आजको दिनसम्म सरकारी तथ्याङ्क हेर्ने हो भने २३००को आसपास परीक्षण गर्दा ९ जनामा पोजिटिभ देखिसकिएको छ । कोरोना भाइरस सुरु भएको चीन सँगको १४१४ कि।मि। लामो सीमा रहनु, हालको स्थितिमा निकै जोखिम मानिएको भारतसँग बाँकी सबै त्यो पनि खुल्ला सीमा रहनु र लाखौँको संख्यामा बिदेशबाट फर्केका नेपालीहरुको राम्रो परीक्षण नगरी क्वारेन्टाइनमा पनि नराखिनुले थप जोखिम थपेको छ ।
२०७२ सालको भूकम्पले थिलो–थिलो पारेको नेपाल बिस्तारै उठ्दै गर्दा फेरि अर्को महामारीको चपेटामा परेको छ । एक तिहाई जनता गरिबीको रेखामुनि रहेको यस शुन्दर देश विश्वको गरिब देशहरु मध्येको एक हो । रेमिट्यान्सबाट धानिएको नेपाल फेरि यस महामारी सँगै थप संकटमा पर्ने देखिन्छ । १० वर्षे सशस्त्र द्वन्द्वकाल, चरम भ्रष्टाचार र बेरोजगारीको समस्याबाट गुज्रिरहेको नेपाललाई यस महामारीले थप संकटमा पारेको छ ।
अस्थिर राजनीति र भ्रष्टाचारले गर्दा २०७२ सालको भूकम्पमा राहतको नाममा आएको अर्बौ रुपैंयाँ प्रभावकारी रुपमा बाँडिएको छैन भने कति मानिसहरु अझै घरबार विहीन छन् । अब यस लकडाउनले त्यस्ता बिपन्न परिवारमा थप समस्या थपिदिएको छ । आज बाह्रौं दिन भैसक्दा पनि राहतको त कुरै छाडौँ सरकारका मन्त्रीहरुले मेडिकल सामाग्री खरिदमा समेत हिनामिना गरेको समाचार विभिन्न मीडियामा पढ्न पाईन्छ । अब यस स्थितिमा ती गरिब, निमुखा र बिपन्न वर्गको बारेमा कसले सोचिदिने रु न त बाहिर निस्किएर गरिखानु पाइन्छ, न त हेर्ने नै कोही छ । केहि स्थानीय सरकारका केही राहतका कार्यक्रम बाहेक नागरिक स्तरबाट मानवीय सहयोगको लागि खासै दिलचस्पी देखिएको छैन ।
नेपालको गाँउघरका चालचलन हेर्ने हो भने आफनो गास काटेर जनावरहरुलाई खोजी खोजी बोलाएर खान दिने परम्परा छ । आफनो छरछिमेकमा ऐंचो पैंचो गरी मीठो मसिनो खाने चलन छ । तर बढ्दो सहरीकरण सँगै सहरमा थुिप्रनेहरुलाई आफनो बाहेक अरु कसैको प्रवाह देखिंदैन न त मानवता नै भेटिन्छ । छिमेकको त कुरै छाडाँै आफ्नै घरमा बस्नेहरु, एउटै छानोको ओत लाग्नेहरु पनि अपरिचित झैं छन् यहाँ । यस्तो विपतको घडीमा विभिन्न तरिकाले सम्पत्ती जोडी अग्ला–अग्ला महल बनाएर बस्ने मानिसहरु मीठा–मीठा परिकार बनाएर खान र सामाजिक संजालमा पोष्ट गर्न ब्यस्त देखिन्छन् । न उनीहरुमा छिमेकीको चिन्ता देखिन्छ न त ती गरिबहरुको । आज सम्म पहुँचवाला मानिसले यस कार्यमा न त बोलेको देखिन्छ न त सहयोग गरेको देखिन्छ । यस अवस्थामा पनि चर्को भाडा असुल गरेर ढुक्क सँग बसेको देखिन्छ ।
कहाँ गए ति पैसाको आडमा राजनीति गरेर आफूले आफैलाई ठूलो समाजसेवी ठान्नेहरु रु यस संकटको घडिमा के गरिरहेका छन् रु कुन दुलोमा पसे मुसा बनेर रु उनीहरुले ती गरिब जनता माथि सोच्नु पर्दैन रु कहाँ गए ती चुनावको बेला आकाशका तारा झारिदिने आश्वासन देखाउनेहरु रु उनीहरुको समाज प्रति कुनै दायित्व छैन रु दिनभरी अरुको कुरा काटेर मुल्यांकन गर्दै बस्ने र आपूmले आफूलाई ठूलो समाजसेवी ठान्ने तपाईंहरु ती गरिबको आवाज बनिदिने कहिले रु गरिबले सहयोगका लागि अपील गर्दा के–के नै लुट्न आए झैं तर्कन खोज्नेहरु, लोभ लालचमा लालपूर्जा थुपार्न ब्यस्त हे सहरीया हुनेखानेहरु तपाईंहरु मरेर जाँदा ओढाइने कात्रोमा गोजी हुँदैन । तसर्थ आपूmले सकेको खुलेर सहायोग गरौं ।
संकटका बेला तपाईंको घरमा कुहिएर सड्न लागेका अन्नपातले कुनै गरिबको भोको पेट भरिन सक्छ । भोकले निन्याउरो अनुहारमा मन्द मुस्कान खुल्न सक्छ । अब त बोलौं ।
गौरब पन्थ
व्यास–१३, तनहुँ












