प्रदेश पाँच सरकारको कोरोना नियन्त्रण कोषमा ११ करोड७५ लाख

प्रकाशित मिति:

रीमा बि।सी। बुटवल,चैत   । प्रदेश नं।पाँच सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड७५ लाख ८४ हजार रुपैंया जम्मा भएको छ ।
हालसम्म उक्त कोषमा सर्वसाधारणले मोवाईल बैंकिंङ्ख मार्फत सबैभन्दा कम १ सय रुपैया देखि सबैभन्दा बढी २५ लाख पचास हजार रुपैयासम्म जम्मा भएको छ । त्यस्तै साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैंया जम्मा गरेको छ । भाटभटेनी सुपर मार्केटले २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश र दश लाख रुपैया जम्मा गरेका छन् । त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैया, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे« बैंक, राष्ट्रिय बिमा संस्थानले ५ । ५ लाख रुपैंया जम्मा गरेका छन् ।

यसैगरी उक्त कोषमा गण्डकी बिकास बैंक र निर्धन उत्थान बैंकले चार । चार लाख जम्मा गरेका छन् । त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले ३ लाख ९६ हजार ९७, क्रिमसन कलेजले २ लाख ५५ हजार, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले २ लाख ५१ हजार, लुम्बिनी आई ईन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५० हजार, सामुहिक वचत तथा ऋण सहकारी सस्थाले २ लाख, नेपाल भारत मैत्री समाज २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, प्रगतिशिल इञ्जिनियरिङ एशोसिएशनले १ लाख ५ हजार ५ सय, सशक्त बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार,कैलाश बिकास बैंकले १ लाख १ हजार, उद्योग व्यापार संगठन रुपन्देहीले १ लाख १ हजार,रोटरी क्लब अफ तिनाउ बुटवलले, ६० हजार जम्मा गरेका छन् । त्यसैगरी बुटवल—११ निवासी शेरबहादुर गुरुङबाट १ लाख ५ हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट १ लाख रुपैंया, लीलामणि पौडेलबाट ५० हजार र कृष्ण बहादुर केसीबाट ४० हजार ५ सय ५५ रुपैंया जम्मा भएको छ । कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको छ ।

यसका साथै बुटवलको धागो कारखानामा रहेको आईसोलेसन विशेष अस्थायी अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसियुका लागि आबश्यक उपकरण दिने घोषणा गरेको छ । नेपाल उद्योग संघले प्रदेश ५ मा २० लाख रुपैंया र एनआईसि एशिया बैंकले ५ लाख रुपैंया बराबरको खाद्यान्न सहयोग गरेका छन् । एनएमबी बैंकले १ सय थान स्वास्थ्य सामग्री पिपिई प्रदान गरेको प्रेस सल्लाहकार शेर बहादुर केसीले बताउनुभयो ।