हजारौं वर्षअघि नै गरिएको थियो वेदमा कोरोना विभिन्नरोगबारे व्याख्या र बच्ने उपाय
काठमाडौं । यतिवेला विश्वमा कोरोना भाइरसको महामारी छ । विश्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरस९कोभिड १९० लाई महामारी घोषणा गरेको छ । र, विहीवार रातिसम्ममा कोरोना भाइरस संक्रमणका कारण विश्वमा ९० हजार ११ जनाले ज्यान गुमाइसेकेको वर्ल्ड मिटरले जनाएको छ । कोरोना भाइरसका कारण १५ लाख ४० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । विश्वका केही देश र भू भाग बाहेक सबै क्षेत्रमा यो रोगको प्रभाव परेको छ ।चीनको उहानबाट शुरु भएको यो रोगको अहिलेसम्म औषधि पत्ता लगाउन वैज्ञानिकहरु सफल भएका छैनन् ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगको संक्रमण फैलन नदिनका लागि एकान्तवास९क्वारेन्टाइन० वा आइसोलेसनमा बस्नु नै सबैभन्दा राम्रो विकल्प भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एक अर्काबीच घुलमिल र नजिक नहुँदा कोरोनाको संक्रमण फैलन खतरा कम हुने भएकाले विश्वका धेरै देशहरुले लकडाउनको घोषणा गरेका छन् । आफ्ना देशका सीमाहरुमा कडाइ गरेका छन् । अन्तर्राष्ट्रिय उडानहरु अवरुद्ध भएका छन् । नेपालमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । विहीवारसम्ममा ९ जनामा संक्रमण देखिएको र एक जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएका छ । सामाजिक दूरी कायम गर्नका लागि भन्दै सरकारले देशभर लकडाउन गरेको छ र अत्यावश्यक काममा मात्र बाहिर निस्कन आह्वान गर्दै कडाइ गरेको छ ।
एक्कासी भाइरसको संक्रमण देखिएपछि मानिसहरुमा त्रास रहेको छ । त्यसमा पनि नेपाल जस्तो स्वास्थ्यमा कम लगानी भएको देशमा संक्रमणको जोखिम उच्च रहेने छ ।विश्वका शक्तिशाली र स्वास्थ्यमा लगानी भएका देशहरु अमेरिका, युरोप लगायतमा कोरोनाका कारण हजारौं मानिसले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा पनि कोरोनाले नराम्रोसँग प्रभाव पारेको छ ।कोरोना भाइरसको उत्पत्ती कसरी भयो भन्ने बारेमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । र यस्तो खालको रोग आउने पूर्वानुमान खासै नभएका कारण पूर्व सावधानी वा तयारी पनि हुने कुरा भएन । तर हिन्दू धर्म दर्शन र शास्त्रमा भने कोरोना जस्तै संक्रामक रोगका बारेमा हजारौं वर्ष पहिला नै व्याख्या गरिएको थियो भने वचाउका उपायसमेत स्पस्ट पारिएको थियो ।
चार वेद मध्येको ऋग्वेदमा यसबारे व्याख्या गरिएको आफूले गरेको अध्ययन र खोजबाट थाहा पाएको युवा ज्योतिष हरिहर अधिकारी बताउँछन् ।कोरोना भाइरसको बारेमा अहिले धेरै खालका हल्लाहरु आएको र यसबारेमा हिन्दू धर्म दर्शनमा उल्लेख भएको छ कि छैन रु वेदमा, शास्त्रमा यसका बारेमा उल्लेख छ कि छैन रु भनेर अध्ययन गर्दा एउटा चिज पत्ता लगाएको उनले बताए ।हजारौं वर्ष अघि लेखिएको वेदमा यस्ता रोगबारे व्याख्या र त्यसबाट जोगिने उपाय भएको उनले बताए ।ऋग्वेदको मण्डल आठ अन्तर्गतको ८ औं सूक्त९अध्याय० को १४ औं ऋचामा संक्रामक रोगहरुबारे बच्ने उपायबारे व्याख्या गरिएको युवाज्योतिष हरिहर अधिकारी बताउँछन् ।
यस्तो छ वेदको ऋचा त्वं नो अस्या अमतेरुत क्षुधोऽभिशस्तेरव स्पृधि । त्वं न ऊती तव चित्रया धिया शिक्षा शचिष्ठ गातुवित् ॥ यो श्लोकमा कोरोना त नभनौैं तर यस्तै भाइरस वा संक्रामक रोगहरुका बारेमा बर्णन हजारौं वर्ष अगाडि गरिएको अधिकारी बताउँछन् ।यो श्लोकमा तीनवटा कुरा रहेका अधिकारी बताउँछन् । जस्तै तं नो अस्या अमतेरुत । अमते रुत अर्थात् त्यस्तो खालका रोगहरु जसको बारेमा हामीलाई थाहा छैन वा त्यसको बारेमा पूर्व तयारी गरिएको छैन । कसरी उपचार गर्ने हामीलाई थाहा हुने छैन । क्षुधो अर्थात त्यस्तो खालको रोगबाट मृत्युहरु हुने हुन्छ । र यस्तो रोगको उपचार पाउन निकै कठिन छ ।
भिशस्ते रव स्पृधि अर्थात विभिन्न खालका हल्लाहरु, सही गलत, चाहिने नचाहिने हल्लाहरु त्यस बखत हुनेछन् ।
जब यी तीन चीजहरु यसरी फैलन्छन् तब के गर्ने रु भन्ने बारे पनि श्लोकमा व्याख्या गरिएको अधिकारी बताउँछन् ।
त्वं न ऊती तव चित्रया धिया शिक्षा शचिष्ठ गातुवित् ॥
अर्थात् यदी त्यस्तो अवस्था बनेमा एउटा निश्चित दायरा बनाएर बस्ने । एउटा घेरा भित्र बस्ने अर्थात् क्वारेन्टाइनमा बस्ने । धिया अर्थात दिमागको प्रयोग गर्ने । गलत केहो सही समाचार केही छुट्याउने । सही कुराहरु पत्ता लगाउने ।
शिक्षा अर्थात नैतिकतामा बस्ने । छुने यता उति गर्ने लगायतका काम नगर्ने । के गर्दा रोग फैलिन्छ यी कुराका बारेमा बुझ्ने । सचेत रहने ।
हजारौं वर्ष अघि भनिएका यस्ता कुराहरुलाई मान्ने हो भने यस्ता संक्रामक रोगहरुबाट जोगिन सकिने ज्योतिषी अधिकारी बताउँछन् ।
जबसम्म कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुँदैन तबसम्म वेदले भने अनुसार गर्ने वा सरकारले भनेजस्तो क्वारेन्टाइनमा बस्ने गर्दा रोगको संक्रमणबाट जोगिन सकिने अधिकारी बताउँछन् ।
ऋग्वेद बारे थाहा पाउनुस् ऋक अर्थात स्थिती तथा ज्ञान । ऋग्वेद सबैभन्दा पहिलो वेद हो जो पद्यात्म छ । यो सबैभन्दा प्राचिन वेद हो जसमा १० मण्डल तथा १०२८ सुक्त तथा ११ हजार मन्त्रको वर्णन पाइन्छ । गायन्त्री मन्त्रको उल्लेख पनि ऋग्वेदमा नै पाइन्छ ।
यसमा भौगोलिक स्थिति तथा देवताका आवाहन मन्त्रसँग सम्बन्धित छ । ऋग्वेदको ऋचामा देवताको प्रार्थना, स्तुती तथा देवलोक उनीहरुको स्थितिको वर्णन गरिएको छ ।
ऋग्वेदको ऋचाहरुमा देवताको प्रार्थना, स्तुति तथा देवलोकमा उनीहरुको अवस्थाको वर्णन गरिएको छ । यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा तथा हवन चिकित्सा आदीको पनि जानकारी छ ।
यसमा औषधिको संख्या १२५ करिब बताइएको छ जो १०७ स्थानमा पाइने बताइएको छ । औषधिमध्ये सोमको विशेष महत्व वर्णन गरिएको छ ।












