बेलायतमा कोरोनाका कारण थप एक नेपालीको मृत्यु

प्रकाशित मिति:
लन्डनकोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ ।स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको थियो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसँग बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।अनलाईन खबर बाट साभार