अनिशा अधिकारी,
बैशाख ८ ।
विहान सवेरै उठ्यो अनि निस्कियो आफ्नो गन्तव्यमा । बाहिर त के को बिहान भन्नु कता कता रातलाई उज्यालोले छिचोल्न लागे जस्तो देखिन्छ सडकमा कुकुरहरुले आफ्नो डेरा जमाएका छन । कसैको हातमा किताब त कसैसँग झोला म जस्ता केही व्यक्तिहरु गाडी कुरीरहेका छन् । गाडी आउछ लाग्छ ढोका त मान्छे हुन, खुट्टा अट्ने ठाउँ भयो कि झुन्डेरै भएनी जानु नै छ । म जस्तै मनमा हुटहुटी लिएर दौड्ने त कति छन कति । भर्खर उज्यालो हुदा पुग्यो अनि सुरु हुन्छ विश्व, इतिहास, देश केके हो केके लोकसेवा प्रतिको मोह । ३, ४ घण्टाको पढाइ पछी निस्कियो डेरा तर्फ व्यथा त्यहि हो गाडीको । अहिले त सडकमा सवारी, मानिस, छेउ छाउका पसल सबै खुल्ला छन कोही नदेखिने सडकमा मानिसको यत्रो हुल कहाबाट आयो अचम्म लाग्छ । सबै आफ्नो गन्तव्यमा दौडिरहेका छन विद्यार्थी, व्यापारी, कर्मचारी सबै सबै कसैलाई फुर्सदै छैन ।
महिना पनी कत्ति छिटै वितेको हो बहिनी यो महिनाको शुल्क खोइ? विहानै सुन्नु पर्छ डेरामा फर्कियो नानि महिना कटि सक्यो भाडा खोइ? पसल गयो महङ्गी छ बाँकी दिन सकिदैन? समस्या कता कता हो पत्तो छैन । दुख सुख गरेर अझ ऋण खोजेर आमाले पैसा पठाइदिनु हुन्छ । यता उता दिदा ठिक्क छ । म जस्ता हजारौँ विद्यार्थीको व्यथा यही हो । विद्यार्थीहरुको मात्र कहाँ होर सानो तिनो जागिरे हरुको पनि पिडा यही हो महिनौ दुख ग¥यो राम्रो सँग खान समेत नपुग्ने ।
यो काठमाण्डौँको खाल्डोमा कति मान्छे अट्न सकेका हुन । कहिले त अनौठो लाग्थ्यो सामान्य माग्ने देखि ठुला व्यापारी, देश हाक्ने नेता देखि कलाकार, पत्रकार, कर्मचारी, डाक्टर, पाइलट, विद्यार्थी, प्राध्यापक कति हो कती । यति धेरै मानिस वस्ने यो सहर अहिले त सुनसान जस्तै छ । लाग्छ कतै मानिसनै छैनन । त्यो दैनिकी नआएको कति दिन भइसके अझ कति दिन हुने हो पत्तो छैन । मानिस नै मानिसको कोलाहल यो ठाउँ सुन्यप्राय छ । यो सुन्यतामा हामी मात्र होइन विश्व नै त्यही अवस्थामा छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले सम्पूर्ण जगतनै हल्लाइरहेको छ । मानिस सबै त्रसित छन ।
आफ्नो गन्तव्यमा खुला आकाशको स्वतन्त्र पंछी जस्तै वनेर आफ्नो रफ्तारमा दौडिरहने मानिस अहिले एउटा वन्द कोठामा पिँजडामा थुनिएको चरा जस्तै बनेका छन् । समस्या धेरै उत्पन्न हुँदै छ । जताततै वन्द छ, दैनिक उपभोग्य वस्तुको अभाव हुने डर छ, महङ्गीको डर छ यसै समस्याा परेका विद्यार्थीहरुको त समस्या झन वढीरहेको छ । देशमा लगडाउनको घोषणा पछी विशेषत काठमाण्डौँमा वस्ने विद्यार्थीको अवस्था दयनिय नै बनेको देखिन्छ । घर जाउँ गाडी चल्दैनन्, वसेर के खाने जेनतेन किन्न पाएपनी पैसाको अभाव छ । कहिले घरबाट पैसा आउछ र भाडा लगायत अन्य सामानहरु जोर जाम गरौला भन्नेहरुलाई त अझै मुस्किल परिरहेको छ । प्रायको घरबाट पठाउने माध्यम नै वन्द छन् ।
स्थायि रुपमा वस्नेहरुका अलवा बाहिरबाट उपत्यकामा आइ वस्नेहरु पिडामा छन् । दिनप्रतिदिन आसाहरु निरासामा बदलिदै छन । आर्थिक अवस्था सबल नभएकाहरु लकडाउनको चपेटामा त परेकै छन् अझ केही समय यहि अवस्था रहिरहेमा के खाउँ भन्ने अवस्था समेत सृजना नहोला भन्न सकिन्न ।…. र अन्त्यमा यस्तो भयावहको अवस्था छिट्टै अन्त्य भएर पुरानै दैनिकीमा फर्किएर सबैको आफ्नो गन्तव्य अघि बढ्ने छ ।