काठमाडौं, वैशाख, १९ स् नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्ज र रुपन्देहीमा एक-एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
शुक्रबार रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्यमा ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्।












