अक्सफोर्ड कलेजमा बिएचएम र विआइएम अध्ययन हुने

प्रकाशित मिति:

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको अक्सफोर्ड कलेजले समय सन्दर्भ र विद्यार्थीहरूको माग अनुसार थप दुई वटा नयाँ विषय सञ्चालनमा ल्याएको छ ।  कलेजले नयाँ विषय अन्तर्गत त्रिभुवन विश्वविद्यालयको ब्याचलर अफ होटल म्यानेजमेन्ट  र ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट  विषय भित्राएर फारम वितरण पनि गरिरहेको छ ।क्याम्पस प्रमुख मनोज मरासिनीका अनुसार कलेजले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यी दुई विषयहरू सञ्चालनमा ल्याइएको हो । दुवै विषय टेक्निकल विषय हुन ।स्नातक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि व्याचलर अफ होटल म्यानेजमेन्ट उपयुक्त विषय हो ।  दुवै विषय अध्ययन गर्न प्लस टु मा जुनसुकै विषय लिएर जिपिए १.८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्दछ ।यस विषयको मुख्य उद्देश्य दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रोजगार प्राप्त गर्न सफल गराउनु हो । यो कोर्ष ६ महिनाको सेमेस्टर अनुसार ८ सेमेस्टरमा बाडेर पढाइन्छ । यो कोर्ष पूरा गर्नका लागि ६ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । एक सेमेस्टरमा ३३ जना विद्यार्थीहरुले पढन पाउनेछन ।यसैगरी व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पठन पाठन हुने विषय हो व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट  यो विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफटवेयर पढाई हुन्छ । यो विषय पनि जुनसुकै संकायबाट प्लस टु मा जिपिए १.८ वा कम्तीमा दोस्रो श्रेणी आवश्यक पर्छ । यो कोर्ष ६ महिनाको सेमेस्टर अनुसार ८ सेमेस्टर हुन्छ ।यसको लागि ४ लाख ९० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्राक्टिलकमा आधारित भएको हुनाले अन्य विषयको तुलनामा केही महंगो भए पनि क्याम्पस प्रमुख मनोज मरासिनीका अनुसार यस कलेजले अन्य कलेजको तुलनामा सस्तो हुनेछ ।यस विषयमा एक सेमेस्टरमा ३३ जना विद्यार्थीले अध्ययन गर्न पाउनेछन । प्रमुख मरासिनीका अनुसार यी दुवै विषयका लागि काठमाडौंका विभिन्न कलेजहरुमा अध्यापन गराएका दक्ष तथा अनुभवी प्राध्यापकहरुको व्यवस्था गरिएको छ ।यी विषयहरुको इन्टन गर्नका लागि विद्यार्थीहरुको रुचि क्षमता अनुसार जापान, चीन तथा अन्य राष्ट्रहरुका साथै नेपाल भित्रका विभिन्न फाइभ स्टार होटल तथा अन्य कम्पनीहरुमा पढाउने व्यवस्था गरिएको छ । दुवै विषयको प्रवेश परीक्षा (सि म्याट) आउदो मंसिर ८ गते हुनेछ ।भने कार्तिक ३० गतेसम्म फारम भर्न पाइने छ । प्रवेश परीक्षा त्रिभुवन विश्वविद्यालयले नै लिनेछ । कलेज व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीका अनुसार कलेजले छुट्टै सुविधा सम्पन्न भवनमा यि विषयहरुको पठन पाठन सञ्चालन गर्ने छ ।२०६२ सालमा २९ जना विद्यार्थीबाट व्याचलर सञ्चालन गरेको यस कलेजमा हाल करिव ८ सय विद्यार्थीहरु अध्ययनरत छन् ।