कोरोना भाईरस सक्रमीत भएकाहरु मध्य निको हुनेको संख्या २२ पुग्यो

प्रकाशित मिति:

विराटनगर, बैशाख २४ गते । कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जनाले कोरोना भाईरसलाई हराएर डिस्चार्ज हुन सफल भएका छन् । नेपालमा निको हुनेको संख्या २२ पुगेको छ । हिजो रिपोर्ट नेगेटिभ आए पछि आज बिहान डिस्चार्ज गरिएको हो । उनीहरुलाई अहिले क्वारेन्टाईनमा राखेर पछि मात्रै घर पठाईने भएको छ । डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिने छ ।
कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते उनीहरुलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अब कोशी अस्पतालमा अझै २५ जनाको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा भने रिपोर्ट पोजेटिभ आए पछि थप उपचार जारी छ । उनीहरुको पनि श्वास्थ्य सामान्य रहेको अस्पतालको भनाई छ ।अस्पतालले १३ जना संक्रमित अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो । पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो ।सामान्य अवस्था रहिरहे १४ दिनपछि एउटा आरडिटी परीक्षण गरेर उनीहरुलाई कोरोना मुक्त भएको प्रमाण पत्र दिए पछि उनीहरु घर जान पाउने छन् ।

अस्पतालबाट डिस्चार्ज गरिएका विरामीलाई विदाई तथा शुभकामना दिन आउनु भएका प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुनः संक्रमण देखिने क्रम बढेका कारण डिस्चार्जपछि सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न आवश्यक रहेको बताउनुभयो ।भारतीय नागरिकहरु भएका कारण पूर्ण रुपमा आराम भएपछि र बन्दाबन्दीको अवस्था अन्त्य भईसकेपछि मात्रै पठाइने मन्त्री घिमिरेको भनाई थियो ।डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहनु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।संगिता मिश्राले जानकारी दिनुभयो ।@ मिर्मिरे अनलाईन