स्तनपान गराउने महिलालाई क्यान्सरको जोखिम कम हुने

प्रकाशित मिति:

नवजात शिशुको लागि सम्पूर्ण खुराक हो, आमाको दुध । जतिबेलासम्म शिशु अन्य खानेकुरा खान योग्य भइसकेका हुँदैनन्, त्यसबेलासम्म पर्याप्त मात्रामा आमाले दुध सेवन गराउनुपर्छ । आमाको दुधलाई ‘अमृतसमान’ भनिएको छ । शिशुको भोक मेट्न मात्र होइन, शारीरिक एवं मानसिक विकासका लागि आमाको दुध नै सम्पूर्ण पोषणको स्रोत हो । तर, पछिल्लो समय कतिपय स्तनपान गराउन त्यती जाँगर चलाउँदैनन् । जबकी स्तनपानले शिशुको स्वास्थ्य मात्र राम्रो हुने होइन, आमाको स्वास्थ्य–रक्षा पनि गर्छ । खासगरी महिलामा हुने स्तन क्यान्सरको संभावित जोखिमलाई कम गर्छ ।

महिलाहरुलाई सताउने एउटा प्रमूख समस्या हो, स्तन क्यान्सर । हाम्रो मुलुकमा पनि यो समस्या निकै बढेको छ । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर महिलामा हुने प्रमुख समस्याको रुपमा लिइन्छ । जबकी शिशुलाई स्तनपान गराउने महिलमा स्तन क्यान्सरको जोखिम कम हुने बताइन्छ ।स्तनपान गराउने क्रममा स्तनबाट धेरै कोशिकाहरु नष्ट हुने गर्छन्, जसमा क्यान्सरसंग सम्बन्धि कोशिकाहरु पनि नष्ट हुन्छन् । स्तनपान गराउनाले स्तनमा जिनहरु सक्रिय हुन्छन्, जसले क्यान्सरको सम्भावित खतराबाट बचाउँछ । अनुसान्धानकर्ताको भनाईअनुसन्धानकर्ताका अनुसार जुन महिलाले ६ महिनासम्म स्तनपान गराउँछन्, ती महिलाको तुलनामा स्तनपान नगराउने महिलालाई क्यान्सर हुने सम्भावना २ प्रतिशत बढि हुन्छ ।

आर्काइभ अफ इन्टर्नल मेडिसिन २००९ मा प्रकाशित एउटा अनुन्धान रिर्पोटका अनुसार त्यस्ता महिलाहरु, जसको परिवारमा स्तन क्यान्सरको इतिहास छ, तिनीहरुलाई स्तनपान गराउनाले महिनावारी रोकिनुभन्दा अघि स्तन क्यान्सर हुने खतरा ६० प्रतिशतले कम हुने गर्दछ । जर्नल अफ द नेशनल क्यान्सर इन्स्टिच्यूट २०१४ मा पनि स्तनपान तथा क्यान्सरका बीचको सम्बन्धका बारेमा चर्चा गरिएको थियो ।मा एनल्स अफ एंकोलोजीमा प्रकाशित करिव ३७ हजार स्तन क्यान्सरको एक एकत्रित अध्ययनमा के पाइएको थियो भने जो महिलाहरु स्तनपान गराउँछन्, तिनीहरुमा स्तन क्यान्सरको हार्मोन रिसेप्टर नेगेटिभ हुन्छ र उनीहरुमा यो क्यान्सर विकसित हुने खतरा पनि २० प्रतिशतसम्मले कम हुन्छ ।@onlinekhabar