सीमा अतिक्रमणको विरोधमा उत्रीएका नेविसंघ अध्यक्षसहित १०० जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

काठमाडौं । भारतले लिपुलेक अतिक्रमण गरेको विरोधमा आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगानासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।

माइतीघरबाट सोमबार दिउँसो महामन्त्रीहरु दिपक भट्टराई बलदेव तिमिल्सिना, युवराज पाण्डे, उर्मिला थपलिया, , प्रभात दाहाल, नेविसंघ नेता दुजाङ शेर्पा , उत्तम साउँदसहितका १०० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका हुन् । भारतले यसअघि लिपुलेकसहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यसविरुद्ध व्यापक विरोध भइरहेको छ ।