काठमाडौं, जेठ ३ – कपिलवस्तुमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तु शिवराज नगरपालिकाको चन्द्रौटाका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए।
संक्रमितहरु २५, २४ र ४४ वर्षीय पुरुष रहेको उनले बताए। उनका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरुको चिकित्सकको सम्पर्कमै रहृेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ।












