एमसीसी नीति तथा कार्यक्रममा समावेश गरीएपछी भीम रावल आक्रोशीत

प्रकाशित मिति:

काठमाडौं, जेठ ५ नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकराले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा विवादस्पद एमसीसी चोरबाटोबाट छिराउने प्रयत्न गरिएको भन्दै आपत्ती जनाएका छन्। नीति तथा कार्यक्रममाथि सोमबारको छलफलमा भाग लिँदै नेता रावलले स्वास्थ्य क्षेत्र विस्तार गर्ने र सुदृढीकरण गर्ने कुरा राम्रो भए पनि एमसीसीबारे प्रस्तुत अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्।एमसीसी पछाडिबाट छिराउने प्रयत्न भयो। यो आपत्तिजनक कुरा हो,’ उनले भने, ‘नेपाली कांग्रेसका नेताले पास गराउनुपर्छ भन्नुभयो। उहाँ हिजो महाकाली सन्धी हुँदा पनि यसै भन्नुहुन्थ्यो।

यो सम्झौता यथास्थितीमा पास भए स्वाधिन देशको हैसियतमा आँच आउँछ।’उनले नेपालको नक्सामा उल्लेख हुन नसकेको लिम्पियाधुरा, लिपुलेक र कालापानीक्षेत्र समेटेर नक्सा प्रकाशित गर्र्ने कुरा स्वागतयोग्य रहेको बताएका छन् । नेपालको नक्सामा उल्लेख हुन नसकेको लिम्पयाधुरा, लिपुलेक र कालापानीको नक्सा प्रकाशित गर्ने कुरा स्वागतयोग्य छ।उनले भने, हालै सो क्षेत्रमा भारतले सडक निर्माण गरेको छ। उक्त क्षेत्रबाट भारतीय सेना हटाउनु पर्छ। ुउनले विगतका निरंकुश शासकले थोपरेका स्वतन्त्रता र स्वाधिनतामा आँच हाउने पिछडिएका क्षेत्र तथा श्रमजिवीमा जनताको पक्षमा नीति कार्यक्रम नआएको भन्दै आगामी बजेटमा उक्त कुरा समावेश गर्नुपर्ने सुझाव दिएका छन्। साथै, कोरोनाबाट उत्पन्न हुने समस्या समाधान र आर्थिक सामाजिक चुनौती सामना गर्न राम्रा कुरा ल्याएको बताए।साथै, उनले कृषि क्षेत्रमा ल्याइएका कार्यक्रमहरु अत्यन्त आवश्यक रहेको बताउँदै उपर्युक्त बजेट विन्यास गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।