कोरोना संक्रमितको मृत्यु नभएको अस्पतालको भनाई

प्रकाशित मिति:

रूपन्देही — कोरोना भाईरस संक्रमण पुष्टि भएका गुल्मीको मदाने का शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको अस्पतालले विज्ञप्ती निकालेर जनाएको छ ।

बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो ।रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।