विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो,

प्रकाशित मिति:

काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार साँज ७ बजेसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख १५ हजार ६७६ पुगेको छ । त्यसैगरी ३ लाख २५ हजार ५०९ जनाको ज्यान गएको छ ।