काठमाडौं । देशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सीमापारिबाट आउने नेपालीको संख्या बढेसँगै क्वारेन्टाइनस्थलको अभाव खड्कँदो छ । यहीबेला सरकार विदेशमा रहेका नेपालीलाई स्वदेश भित्र्याउनुपर्ने दबावमा छ ।दुई महिनासम्म लकडाउनलाई मात्रै बढी ध्यान दिएर पर्याप्त पूर्वाधारको तयारी गर्न नसकेको सरकारका सामु अब संक्रमितहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ ।
जस्तो– नेपालगञ्जमा आइसोलेसन बेडहरु भरिएपछि संक्रमतिलाई बेलझुण्डीमा राख्नुपरेको घटनाले सरकारलाई पाठ पढाइसकेको छ । यो अवस्थामा अब संक्रमितको संख्या दिनानुदिन बढ्दै गयो र आइसोलेसन बेडहरुको अभाव भयो भने सरकारले के गर्छ रु महामारीको सामना कसरी गर्छ रु यो प्रश्न यतिबेला अहम बनेको छ ।मंगलबार संसदमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अझै ३ हजार जनालाई राख्ने आइसोलेसन बेडहरु तयार रहेको बताएका थिए ।
देशभरि ३ हजार ३०७ वटा आइसोलेसन बेड रहेको र हाल ३९६ जना आइसोलेसन बेडमा रहेको भन्दै प्रधानमन्त्रीले अझै ३ हजारलाई राख्न सकिने बताएका थिए ।तर, के हामीसँग रहेका ३ हजार आइसोलेसन बेडहरुले संक्रमतिलाई धान्न सक्ला रु धानेन भने उनीहरुलाई कहाँ राख्ने रु यसबारे सरकारको योजना के छ रुस्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्की आइसोलेसन बेड र क्वारेन्टाइन स्थलहरु थप्नुपर्ने बताउँछन् ।










