कतार । बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस कोभिड १९ नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा कतारमा रहेका नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा कतार सरकार गृह मन्त्रालय मार्फत कतार च्यारिटीबाट प्राप्त खाद्यान्नको राहत प्याकेज नवौ चरणमा आज २५ मे २०२० का दिन कतारको सनैया स्ट्रीट नम्बर ५, १०, ११, १५, २३, ३८, लक्ता रयान अम सलाल मोहम्मद, मैजार,अल्खोर,
अल रयान, मदिना खलिफा,मार्खिया,न्यु सलता,नज्मा, अल खिसा,एन खालिद,मतार कदिम,वल्ड अल घानिम,तरबार गेट,मुग्लिना,अल तुममा,अल साद, वाक्रा, दुहिल र मुरा का विभिन्न ठाउँमा रहेका २०० जना कोरना भाइरसको प्रभाबले पीडित नेपालि श्रमिकहरुलाई १५ दिनका लागि पुग्ने खाद्यान्नको प्याकेज बाढीएको छ ।राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार,आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग ज्यु लगायत आईसीसी प्रतिनिधि ज्युहरु,एनसीसी प्रतिनिधिहरु ज्युहरु,रहात तथा उद्दार समिती सम्योजक र सदस्य ज्युहरु साथै विशेष सहयोगि सम्पुर्ण स्वयंसेवक ज्युहरु प्रती हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौ।पदम गिरी महासचिव गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार












