हावाहुरीले टावरमा क्षति पुर्‍याएका कारण रेडियो सुनवलको प्रसारण बन्द

प्रकाशित मिति:
प्रकाश न्यौपाने नवलपरासी,जेठ १९। सोमबार बिहान आएको हावाहुरीले नवलपरासीमा रहेको सामुदायिक रेडियो सुनवल को उपकरणमा क्षति पुगेपछि रेडियोको प्रसारण बन्द भएको छ । पानीसहित बिहान ४ बजे आएको हावाहुरीले एफएमको टावर भाँचेर क्षति पुर्‍याएपछि रेडियोको प्रसारण बन्द भएको हो। हावाहुरीका कारण रेडियोको टावर, यन्टेना मा क्षति पुग्दा ७ लाख मुल्य बराबरको क्षति पुगेको रेडियोका प्रशासन प्रमुख इन्द्र कुमार रेग्मीले जानकारी दिनुभयो।
टावर तथा अन्य उपकरण मा हावाहुरीले क्षति पुरयाएपछि अहिले रेडियो प्रसारणसमेत बन्द भएको रेग्मीले बताउनुभयो। टावर तथा अन्य मिसिनरी उपकरण को मर्मत सम्भार का लागि केही दिन लाग्ने र त्यसपछि रेडियो प्रसारण नियमित हुने उहाँले बताउनुभयो। पाल्ही सूचना तथा सञ्चार सहकारी द्वारा संचालित यस सामुदायिक रेडियो सुनवल ९०।७ में। ह। नवलपरासी,पाल्पा,रुपन्देही लगायत ठाउँ सम्म रेडियो प्रसारण हुँदै आएको थियो ।