कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु

प्रकाशित मिति:

काठमाडौं, जेठ १९ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ। तैपनि आजदेखि लकडाउन खोल्न सुरु गरिएको छ।भारतमा तीन चरणमा लकडाउन खोल्ने योजना छ। जसको पहिलो चरण आजदेखि सुरु गर्न लागिएको हो। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, सोमबारसम्म भारतमा एक लाख ९० हजार सात सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ। यसमध्ये पाँच हजार चार सय आठ जनाले ज्यान गुमाएका छन्। आज बिहान मात्रै एक सय ८२ जना संक्रमति थपिएका छन्।

तैपनि, जनजीवन कष्टकर बनेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन खोल्न थालेका हुन्। उनले तीन चरणमा लकडाउन खोल्ने योजना सार्वजनिक गरेका छन्।स्वास्थ्य मन्त्रालयले लकडाउन खोल्ने निर्देशिका जारी गर्दै आजदेखि कार्यान्वनय सुरु गरेको हो। दुई महीना लामो लकडाउन आज सकिँदै छ। तर, महामारी फैलिएका रेड जोनमा भने यो महीनाभरी लकडाउन जारी रहनेछ। अन्य क्षेत्रमा आजैदेखि लकडाउन खोल्न थालिएको छ। पहिलो चरणअन्तर्गत आजदेखि दैनिक उपभोग्य सामान खरिदबिक्री गर्ने पसल खुल्नेछन्। बजार आजैदेखि खुल्न सुरु गरेको छ। आन्तरिक हवाइ सेवा, बस आजैदेखि नियमित सञ्चालन हुनेछन्।

त्यस्तै, अर्को सातादेखि धार्मिक स्थल, होटल, रेस्टुरेन्ट, सपिङ मल खुल्नेछन्। दूरी भने बनाइराख्नुपर्नेछ। दोस्रो चरणमा स्कुल, कलेज, विश्वविद्यालय, इन्स्टिच्यूटलगायत खुल्नेछन्। यसमा प्रदेश सरकारसँग सल्लाह गरेर रेड जोनमा बन्द नै राख्न सकिनेछ। दोस्रो चरण अर्को महीनादेखि सुरु हुनेछ।तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान, मेट्रो सर्भिस, सिनेमा हल, जिम, स्विमिरु पुल, पार्क खुल्ने जनाएको छ। यसमा अबको कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखिनेछ।लकडाउन खुल्न सुरु गरेपनि भौतिक दूरी राख्नुपर्नेछ। भिडभाड गर्न पाइनेछैन। मास्क अनिवार्य गरिएको छ। राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू भने जारी रहनेछ।@kathamandupress