क्वारेन्टाइनको स्वरुप परिवर्तन गर्ने कि ?

प्रकाशित मिति:

प्रजापाल गिरी । कोबिड का कारण संसार आक्रान्त छ मानव समुदाय भयभित छ । सारा संसारको ध्यान नोबेल कोरोनाको संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्नेमै छ ।  विश्वका विकासशिल र विकसित धेरै मुलुकहरूले यो महामारीसंग जुध्न तयारी स्वरुप कसैले स्वास्थ्य संकट्काल त कसैले लकडाउन घोषणा गरे र क्षमता अनुसारको बलियो तयारी गरे । भलै मानवीय क्षती सोचे भन्दा धेरै भए पनि सम्बन्धित देशको जन उत्तरदायी नितिका कारण त्यहाँका जनताले चित्त बुझाएका छन् ।

हामी, हाम्रो समुदाय र हाम्रो सरकार पनि यो महामारीबाट उत्पन्न हुने क्षतिको न्यूनीकरण र छिटो छुटकारा पाउने भन्ने विषयमै केन्द्रित छौँ भन्ने लाग्छ । त्यसै कारण नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि लागु गरेको लकडाउन आज २०७७ जेष्ठ २६ गतेसम्म आइपुग्दा ७८ औं दिन पनि निरंतरता पाइरहेको छ । लकडाउन महामारीसंग जुध्न तयारीको समयको रुपमा सदुपयोग गरिनुपर्थ्यो तर त्यो हुन सकेन बरु हाम्रो सरकार आफ्नै पार्टी भित्रको रस्साकस्सिमा व्यस्त भयो, विपक्षी दललाई तोड्ने फोड्ने बिधेयक पारित गर्ने , बहालवाला संसदको अपहरण, सत्ताको आडमा गम्भीर प्रकृतिका अपराध र भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने, धम्किपुर्ण भाषामा कर फर्स्यौट्को फरमान जस्ता कुकर्ममा लिप्त रहयो । जसको कारण नागरिकमा सरकारप्रति आक्रोश पैदा भयो र लकडाउनको भद्र अवज्ञा हुनथाल्यो ।

गएको १०र१२ दिनको संक्रमणको गतिलाई हेर्दा कोरोनाले आफ्नो संजाल तीव्र गतिमा निर्माण गरेको देखिन्छ । दैनिक औसत मा ३०० जना संक्रमणका नयाँ केश देखिएका छन् । भारतबाट नेपाल आउन चाहने नेपालीहरुका लागि २० वटा नाकाहरुलाई प्रवेश बिन्दु बनाइएको छ र सोही नाकाबाट मात्र सयौं नेपाली नागरिक आ-आफ्ना घर आउने क्रम बडदो छ । यसरी विदेशबाट आएका नेपालीहरुसंगै कोरोना भित्रीएको सरकारी अध्ययनले देखाएको छ । कोरोना प्रभावित स्थानबाट आएका नागरिकलाई सचेत बनाएर म, मेरो परिवार र समाजको सुरक्षा लागि क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने स्व-भावना जागृत नहुन्जेल सम्म लुकेर घरमा जाने, क्वारेन्टाइनबाट भाग्ने प्रवृती रोक्न सकिदैन तबसम्म बडदो कोरोनाको संजाल तोड्न पनि सकिदैन।

तसर्थ स्वास्थ्या परिक्षणको दायरा र व्यवस्थित क्वारेन्टाइन तर्फ सरकारले लगानी बढाउन अनिवार्य छ । अहिले प्रचलनमा आएको जनवारको निम्ति तयार गरिएको गोठ जस्तो क्वारेन्टाइनको स्वरुपलाई सम्पूर्ण रूपमा परिवर्तनगरी विश्व स्वास्थ्य संगठनबाट अमान्य घोषित आरडिटि बिधिबाट होईन विश्व मान्यता प्राप्त पिसिआर बिधिबाट स्वास्थ्य परिक्षण होस । मान्छे मरिसकेपछि होईन, उसको थप उपचारका लागी रिपोर्ट आउने व्यवस्था सहितको स्वस्थ खानपिन, स्वस्थ मनोरञ्जनात्मक पुर्वाधार र वातावरण ले सुसज्जित इद्यक्भ्च्ख्ब्त्क्ष्इल् गृहको रूपमा संचालन गर्नु आवश्यक छ । जहाँबाट बाहिरिइसकेपछी उक्त व्यक्ति समाज मा कोरोना वारियर्सको रूपमा काम गर्न प्रेरित होस । नकि उसलाई समाजमा पुनःस्थापना हुन समस्या होस् । स्वास्थ्योपचारका लागि अग्रमोर्चामा रहेर काम गरेका स्वास्थ्यकर्मी झै पिटिनु नपरोस् , घरबेटीले घर प्रवेशमा रोक लगाइएका प्रहरी जवानको जस्तो नियति नहोस ।

तसर्थ समय छदै राज्यले नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायित्व र नागरिकले राज्यप्रतिको कर्तब्य बोध गरौं अन्यथा मानव सभ्यताकै दुश्मनको रूपमा देखा परेको यो कोरोना भाइरस जसले हाम्रो समाज र देशमा भर्खर संजाल निर्माण गर्दैछ यो प्रत्येक नेपालीको घर(घरमा पुग्नेछ र हामीलाई पश्चताप शिवाय केहि हुनेछैन, केहि रहनेछैन ।लेखक नेपाली कांग्रेसका युवा नेता हुन्