पैकेलो अर्थात ‘कर्णालीको हिरो- युवा वैज्ञानीक राजेन्द्र विष्ट

प्रकाशित मिति:

जडिबुटी त वास्तवमा हाम्रो कर्णाली प्रदेशको एउटा सुन , हिरा जस्तै अमूल्य वस्तु हो । तर हामीले सदुपयोग गर्न सकेका रहेनछौं सम्पूर्णमा नमस्कार । म राजेन्द्र विष्ट । कर्णालीका सेताम्मे हिमालहरु , अटुट रुपमा बग्ने नदिहरु , अति विषम हावापानी , भूगोल , विभीद कारणले गर्दा खेरी कर्णालीमा विशिष्ठ औषधीय गुण भएका औषधीय जडिबुटी र सुगन्धीत जडीबुटीको कारण मलाई यो कारणले समुहित बनाएको थियो । र जुन समुहित बनाउनुको मुख्य कारण मेरो स्वास्थ्य पनि थियो । म चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नम्बर २ सिरोलमा जन्मेको हु । मेरो बाल्यकाल त्यहि बित्यो । पछि बुवा व्यापारको शिलशिलामा सुर्खेत झर्नुभयो । सुर्खेतमा मेरो प्रारम्भिक शिक्षा सुरु भयो । र म हुर्किदै गर्दा विभीद किसीमका स्वास्थ्य समस्याहरु बल्झिदै गए । र मेरो जन्म अति विकट ठाउँमा भएकोले होला । त्यहाँ राम्रोसंग खानपनि र पोषिलो खानेकुरा खान पाएको थिएन होला । त्यसैले गर्दा मेरो पेटको समस्याले पिराल्दै गएको थियो । हुर्किर्दै गर्दाखेरी मलाई मेरो बुवाआमाले पेटको समस्या निधान गर्नको लागि थुप्रै उपचारहरु गर्नुभयो । उहाँहरुले आफ्नो बलबुताले भ्याएसम्म सबै ठाउँमा जहाँ–जहाँ बाट आश पलाएको छ । सबै ठाउँमा उपचार गर्नुभयो । आधुनिक चिकीत्साको उपचार गर्नुभयो । झारफूक गर्नुभयो । धामिझाक्री गर्नुभयो । सबै गर्दा पनि पेटको रोग निर्मूल भएन । कहिँले कम हुँने कहिँले बढ्ने भइराख्यो । र म हुर्किदै गर्दै एसएलसी पास गरे । त्यसपछि मेरो अध्ययनको शिलशिलामा काठमाण्डौं पुगे । र काठमाण्डौंमा अस्कल साइन्स क्याम्पसमा भर्ना भए । त्यहाँ पढ्दै गर्दा बिहानी सत्र पढाई हुन्थ्यो । बिहान ६ देखि १२ ÷ १ बजेसम्म पढ्न पर्थ्यो । र १ ÷ २ बजे कोठामा पुग्थे । कहिँले खाना पकाएर खाइन्थ्यो कहिँले खाइन्थेन । र यो मेरो खानपीनको कारणले गर्दा पहिलेको पेट दुख्ने अझै समस्या बल्झिदै गयो । अझै एकदमै विकरात रुप लिन थाल्यो । कोठामा म एक्लै बस्थे । पढाई एउटा तनावको विषय छदैथियो । पढाई पुरा गर्नपर्ने थियो । विज्ञान जस्तो जटिल विषय पनि थियो । त्यसले गर्दा खेरी मलाई पेटको समस्या मात्रै बल्झिएन मलाई मानसिक समस्या पनि बढ्दै गयो । आफूले भ्याएसम्म मैले काठमाण्डौंका विभीन्न हस्पिटलहरु धाउँन थाले । पढाई एकातिर छदैथियो । र अस्पताल धाउँदै गर्दै औषधी सेवन पनि गरे ।

तर मलाई यसले ठिक गरेन । झन – झन रोग बल्झिदै गयो । र मलाई त्यसले मानसिक समस्याहरु पनि निम्त्यायो । मानसिक समस्या मात्र निम्त्यायन त्यसले थाइराइडको समस्या पनि ल्यायो । त्यो समस्या यति विकराल भयो कि मलाई बिर्सर्ने बानि सुरु भयो । पढेका कुरा पनि राम्रो संग नसम्झिने , शरीर कमजोर हुँदै जाने र थकान धेरै लाग्ने कारणले गर्दा खेरी पहिलो वर्षको पढाई त्यति राम्रो भएन । पहिलो वर्ष मैले सेकेन्ड डिभीजनमा पास गरे । एसएलसी सम्म म कक्षामा सधैं पहिलो हुन्थे । पछि सेकेन्ड भए । त्यसपछि मलाई झनै तनाव थपियो । मैले घरमा भनेको थिए । म फस्ट डिभीजनमा पास गरेर अगाढी बढ्छु । मलाई यति धेरै तनाव थपियो मैले त्यो रोग सन्चो गर्नको लागि सकेसम्मका उपाएहरु अपनाउँदै गए । दोस्रो वर्षको परीक्षा पनि आयो । अलिकती मेहनत गरेर होला म फस्ट डिभीजनमा पास भए । जब स्नातकमा भर्ना भए । सुरुवातमा पनि समस्या मलाई बल्झिदै गयो । किनकी मलाई रोगले पूर्ण रुपमा छोडेको थिएन । विस्तारै बल्झिदै गएको समस्याको लागि मैले थप त्यहिँ किसीमको उपचार गरे । थूप्रै औषधीहरु खाए । औषधीको साइड इफेक्टले होला त्यो थाइराइडको लेभल अझै बढ्दै गयो । मलाई अन्य समस्याहरु पनि थपिदै गए । मलाई प्रेसर कम हुने समस्या पनि देखा पर्यो । ब्याचलर पढ्दासम्म पनि मेरो शरिरको तौल ५५ केजी भन्दा माथी गएन । र मलाई एकदमै वेचैन बनायो । एमदमै चिन्तीत बनायो । र अब मलाई आधुनिक चिकीत्सा तिर मेरो इच्छा मेरो आश हट्न थाल्यो । त्यसपछि मैले अघि उपचार गर्नै छोडे । त्यसपछि मैले उपचारकै लागि विभीन्न वैकल्पिक उपचार के – के हुन सक्छन् त्यो सबैको खोजी गर्न थाले । र त्यसबिचमा मैले थाहा पाए । योगले अलिकति राम्रो गर्छरे भनेर । त्यसपछि मैले योग कक्षाहरुमा पनि भाग लिन थाले । योग गरे ध्यान पनि गरे । त्यसले अलिकति शरीरलाई सहज बनायो । र मैले जडिबुटीको बारेमा नरदेवी क्याम्पस काठमाडौंबाट थाहाँ पाए । र त्यसपछि जडिबुटी सेवर गरेर औषधीहरु खान थाले । त्यसले मलाई धेरै राम्रो गर्यो । र मैले जुन मेरो पेटको दुखाई थियो । त्यो क्रमिक रुपमा कम हुँदै गयो । र मैले त्यसपछि संग संगै योग गरे । ध्यान गरे । जडीबुटी उपचार तिर लागे । मेरो विस्तारै मानसिक समस्या पनि कम हुँदै गयो । मेरो थाइराइडको लेभल पनि घट्दै गयो । जब म मेरो कर्मभूमि सुर्खेत फर्के । सुर्खेत फर्केपछि मैले योगमै लाग्नपर्छ । आयूर्वेदिकमै अघि बढ्न पर्छ भन्ने अभिलाशा लिए । त्यसपछि कर्णालीका विभीन्न जिल्लाहरु घुम्न थाले । प्राकृतिक रुपमा कहाँ–कहाँ जडिबुटीहरु छन् रु कस्ता खाले जडिबुटीहरु छन् भन्ने यसको खोज गर्दै गए । करिब ७ वटा जिल्ला घुमे । जाजरकोटको कुशे गाउँपालिकामा ५ ÷ ६ दिन बस्दाखेरी विभीन्न खालका जडिबुटीहरु भेटे । भेटिएका जडिबुटीको आफूले सदुपयोग पनि गरे । र जडिबुटीहरुमा मुख्यतया मलाई एकदमै आनन्दित दिएको सुगन्धित जडिबुटी थियो । अनि सुगन्धित जडिबुटी संकलन गर्न थाले । अनि सुर्खेतमा ल्याएर मैले प्रशोधन गरे । यो संगै सल्यानका विभीन्न भागहरु , दैलेखका विभीन्न भागहरु जुम्ला देखि रारासम्म पैदल यात्रा गर्दा त्यहाँ भेटेका जडिबुटीहरु पनि संकलन गरी ल्याएर मैले सुर्खेतमा प्रशोधन गरेर त्यसैबाट धुप बनाए । सुगन्धित तेल निकाले । त्यसैको साबुव बनाए । त्यसैको परफिम बनाए । र यसलाई मैले आफै भित्र प्रयोग गरे । प्रयोग गर्दै जादा त्यसले त मेरो रोगहरु सबै निर्मूल भएछ । बेला – बेला म थाइराइड चेकजाच गरे । प्रेसर चेक गरे। एकदमै नर्मल अवस्थामा आएको देखे । यसपछि मलाई लायो । यसलाई व्यवसाय किन नबनाउँने र यसैमा मैले अगाडी बढ्नपर्छ भन्ने लागेर म चाहिँ अगाडी बढ्न थाले । २०१९ मा चिनको भ्रमण गर्ने अवसर मिल्यो । ८ दिवसीय भ्रमणमा म चाइना गए । चाइनाको वेइजिंङमा विभीन्न उद्योगहरु संगै जडिबुटी सम्बिन्धी भम्रण गर्दै जादाँ मलाई त्यहाँको एउटा उद्योग हुलिन वायोटेक उद्योगले प्रेरणा दियो । त्यहाँ विभीन्न खालका जडिबुटीहरुबाट प्रशोधन गरिने रहेछ । त्यो प्रशोधित जडिबुटीलाई निकालेर त्यसको योग , सुगन्ध तेल निकाल्ने । त्यो गरेर बाहिरी देशहरुमा निर्यात गर्दो रहेछ । मैले पनि यो थाहाँ पाएपछि मैले पनि अब कर्णालीमा यसैलाई व्यवसायिक रुपमा गर्न पर्छ र मैले पनि निर्यात गर्नपर्छ विदेशी देशहरुमा यसलाई निर्यात गरेर विदेशी मुद्रा नेपालमा ल्याउनपर्छ भन्ने एउटा सोचका साथ म नेपाल फर्किए । नेपाल फर्किदै गर्दाखेरी मैले एउटा कम्पिनी स्थापना गर्ने उदेश्य बनाएर वायो कर्णाली एरोमा प्राइभेट लिमीटेड स्थापना गरे । जसले विभीन्न सुगन्धित तेलहरु अहिले निकालिरहेको छ । सुगन्धित तेलहरुको बजारीकरण पनि गरिरहेको छ । बजारीकरण गर्ने शिलसलिामा मैले भारतको थूपै्र राज्यहरुको भम्रण गरे । र यहिँ बजारीकरण गर्ने क्रममा शिंगापुर गएर त्यहाँको विभीन्न स्थानहरुमा बजारमा यसको स्याम्पलहरु पठाए । त्यस्तै स्पेन तिर पठाए । त्यो उहाँहरुले प्राप्त गरेपछि माग बढिरहेको छ । मैले यो काम गर्ने शिलशिलामा फ्रान्सको एकजना साथीले पनि चासो देखाउनुभयो । उहाँलाई मैले सुर्खेतमा ल्याए । उहाँ एउटा परफिउमर हुनुहुन्थ्यो । उहाँले सुगन्ध तेलबाट परफिम बनाउँनुहुन्थयो ।उहाँलाई मैले सुर्खेतका विभीन्न भूभागहरु घुमाए । यसरी हामीले जडिबुटीको खोज गर्न सक्छौं । यसरी विभीन्न वस्तु बनाउँन सकिन्छ । भन्ने कुरामा उहाँलाई मैले देखाए र त्यसपछि उहाँ र मेरो सिंगापुरको साथिसंग अहिले पनि सहकार्य चलिरहेको छ । मैले काम गर्दै गर्दा खेरी यति सजिलै काम हुनसक्छ जस्तो लाग्छ होला तपाईलाई । त्यो छैन ।

किनकी राज्यले जडिबुटीलाई हेर्ने दृष्टिकोण फरक रहेछ । जब राज्यको निती संग ठोकिए तव थाहाँ भयो कि जडिबुटी त वास्तवमा हाम्रो कर्णाली प्रदेशको एउटा सुन , हिरा जस्तै अमूल्य वस्तु हो । तर हामीले सदुपयोग गर्न सकेका रहेनछौं । निती एउटा प्रमुख बाधक रहेछ । सजिलै संग हामिले जडिबुटी उत्खनन् गर्न मिल्दैन । यसमा एउटा निती छ । यति मात्रामा मात्र निकाल्न मिल्छ भनेर सरकारले बन्देज लगाएको छ । र सरकारले यसलाई खेती गर्नुपर्छ भन्ने कुरा किसानहरुलाई सिकाएको छैन । अहिले हामी कर्णाली बासीहरु हाम्रो परम्परागत रैथाले बालिहरु मकै , गहुँ , धान यसमा आश्रित छौं । गाउँघरमा बसाइसराइको कारण वन्यजन्तुले निकै पिरोलीरहेका छन् । त्यहाँ बदेल , दुम्सी , बादँर जस्ता जनावरहरुले हाम्रो बालिनाली नष्ट गरिरहेका छन् । तर हामीले राम्रो संग हाम्रो कर्णाली प्रदेश सरकारले , संघ सरकारले प्रदेशका किसानहरुलाई बुझाउँने हो भने हामीले जडिबुटीको खेती गरेर हामीले राम्रो आम्दानी गर्न सक्छौं । सुगन्धित जडिबुटीलाई जनावरहरुले छुदैनन् । कर्णाली प्रदेशको राजधानि भएको हिसाबले सुर्खेतमै यस्तो खालको कुनै अनुसंन्धान केन्द्र पनि छैन । जडीबुटी सम्बिन्धी अध्ययन गर्नको लागि हाम्रो नेपालमा विश्वविद्यालय पनि छैन । र यो जडिबुटीको खोज गर्नको लागि जडिबुटीको बारेमा जानकारी हासिल गर्नको लागि निकै गाह्रो छ । त्यो मैले भोगेको छु । जडिबुटीको लागि अध्ययन गर्दा मैले थुप्रै हण्डरहरु खाएको छु । त्यो हाम्रा नयाँ पिडीलाई नहोस् । किनभने कर्णाली भनेको जडिबुटी , कृषि , खोलानालाबाट निस्किने हाइड्रोपावर र त्यस्तै गरेर पर्यटन मात्र यसको आम्दानीको स्रोत हो जस्तो लाग्छ । किनभने मैले अध्ययन गरेको छु । लगभग ४७ प्रतिशत भन्दा बढी भूभाग ४ हजार मिटर भन्दा माथीको हाइटमा रहेको छ कर्णाली । त्यसैले परम्परागत खेतीमा मात्र निर्भर भयो भने हामीलाई गाह्रो छ । सबै ठाउँमा सरकारले सिचाँइ पनि पुगाउँन सक्ने अवस्था छैन । यो जडिबुटीहरुलाई त्यति धेरै सिचाइ पनि चाहिदैन । जंगली जनावरहरुले पनि त्यति असर नगर्ने भएकोले हाम्रा किसानहरुलाई हाम्रो सरकारका वन , कृषी मन्त्रालयले जडीबुटी तिर पाि आर्कर्षित गर्नुपर्ने देखिन्छ । र सरकारले गुणस्तरिय ल्याव पनि बनाउँनपर्छ । जसले गर्दा अहिले बोरामा बाडिँरहेको जडिबुटीलाई प्याकेजिङ गरेर हामीले मूल्यवान् रुपमा बाहिर निर्यात गर्न सक्छौं । त्यसले हाम्रो कर्णालीको मुहार फेरिन सक्छ । हामी सबै किसानहरुको आयस्तर बढ्न सक्छ । हामी धनी बन्न सक्छौं । पूर्वका किसानहरु चिया , कफि , अलैचि बेचेर एकदम धनी बनेका छन् । हामी एकदमै गरिब छौं । र हामीले यो कुडा कर्णालीका मार्फत पनि यस्ता खालका अभियान चलाउन पर्छ । हामी संग अर्गानिक रैथाले बालिहरु पनि प्रशस्त छन् । हामी संग ६ ÷ ७ प्रजातिका कोदोहरु छन् । कागुनो , चिनो , मार्सि , लट्टे हुम्लामा , जुम्लामा देख्न पनि सकिन्छ । त्यसको बाहिरी बजार राम्रो छ । त्यसलाई हामीले सदुपयोग गर्न सक्नपर्छ । त्यसैले कर्णाली प्रदेशले यसतर्फ ध्यान दिन पर्छ । राज्य केन्द्रित हुनपर्छ । र कर्णाली उत्सव पनि यसमा अझै केन्द्रित होस् भन्ने मैले अपेक्षा गरेको छु ।