म नेपालीले नदेखेका कुरा देख्छु : एरिक भ्याली

प्रकाशित मिति:

सुर्खेत । ‘म नेपालमा ती कुरा देख्छु, जोनेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफरतथा फिल्म निर्देशक एरिक भाली भन्छन, ‘सानो देश नेपाल विभिदताले भरिएको छ ।दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ ।’तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भ्यालीकोबुझाई छ । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ताकोरुपमा बोल्दै भ्यालीले नेपालको विभिदता र बहुआयामिकता अथाह भएको बताए । भ्याली तीनै व्यत्तिः हुन्, जसले निर्देशन गरेर सन् १९९९ माबजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औं संस्करणको दौरानमाक्याराभान सूचीकृत भएको थियो । यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँगनेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ । फिल्मले जोडेको साइनोका कारण भ्यालीकर्णाली उत्सवमा उपस्थित भएका थिए । डोल्पामा बसेर क्याराभान निर्माण गरेका भ्यालीकोनेपाल र कर्णाली यात्रा भने रोचक छ । भ्याली १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्थान पुगेकाथिए । त्यहाँ घुम्दा घुम्दै उनको भिजा सकिएछ ।

एकदिन अफगानी सेनाले पक्राउ गरेर जेलउनलाई हाल्यो । ‘अफगान आर्मीले मलाई दुईओटा अफसन दियो घर जान्छस कि अन्यछिमेकी मुलुकमा रु तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाए’ भ्यालीले भने,‘भारतमा तिम्रो देशका बारेमा धेरै कुरा सुने । नेपाल आए । त्यसपछि त तिमीहरुकोदेशमा माया बस्यो ।’ भ्यालीका अनुसार त्यतिबेलासम्म नेपालमा टुरिजम मात्रै थियो ।‘विदेशीहरुले नेपालमा टुरिजम मात्रै देख्थे । तर मलाई सक्कली नेपाल देख्नु थियो । रकुनैपनि बिदेशी नपुगेको ठाउँमा पुगे’ उनले भने । सक्कली नेपाल देख्ने चाहाकै कारण अरुण, तमोर लगाएतका क्षेत्रमापुगेको भ्याली बताउँछन् । घुम्दा घुम्दै उनि कर्णालीको डोल्पा पुगे । शुरुआतीचरणमा फोटोग्राफी मात्रै गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउँनेइच्छा जाग्यो । डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो । ‘उनको लुगा,चौरीको दुघ, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो । तीनै मान्छेहरुकोजनजिवनलाई क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो’ भ्याली भन्छन् । ‘एउटा शसक्त फिल्म बनाउँन के गर्नुपर्ने रहेछ रु’ उत्सवमाभ्यालीलाई प्रश्न गर्ने भूमीकामा रहेका काठमाण्डौं विश्वविद्यालय सह–प्रध्यापक डा। लोचनरिजालले प्रश्न गरे । ‘फिल्म राम्रो हुँनलाई शक्तिशाली कथा हुनुपर्छ ।शक्तिशाली कथा भेटाउँन गाउँ डुल्नु पर्छ’ जवाफमा भ्यालीले भने । क्याराभान फिल्मको स्क्रिप्टका लागिआफुले तीन वर्ष पढेको र पढेको बताए । ‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन् ।त्यस्को मुटुसम्म पुग्नु पर्छ । पावरफूल स्टोरी भेटाएपछि अरु बाटाहरु खुल्दै जान्छन्।

सजिलै फिल्म भेटिदैन् । राम्रो कन्टेन्ट छैन् भने फिल्म नबनाएकै राम्रो हुन्छ,’उनले चलचित्र निर्मातालाई सुझाव दिदै भने । उनले नयाँ पुस्ताका चलचित्र निर्माताहरुलाई कर्णालीका दुरदराजमा घुम्न समेत आग्रह गरे । एउटा विदेशी आयर नेपालका बारेमा फिल्म बनाउँदै गर्दातपाईहरु आफनै देशमा किन घुम्नु हुँदैन रु भन्नै उनने नयाँ पुस्तालाई समेत आग्रहगरे । ९ महिना डोल्पामा बसेर हिडँदहिउँमा क्याराभानको सुटिङ्ग गरेको बताए । ‘त्यहाँको याक, मान्छे सबै अर्गानिक थिए ।आफनै दुनियाँका । आफनै सोच, बिचारका’ उनले भने, ‘फिल्म निर्मातामा केही पागलपनहुँन आवश्यक छ । म त्यस्तै एउटा पागल पन भएको फिल्म निर्देशक हुँ ।’१९५२ मा फ्रान्समाजन्मीएका भ्यालीले नेपालमा मात्रै ३० वर्ष बिताएको बताउँछन् । फिल्ममार्फत नेपालकोसंस्कृतक सम्पदालाई संसारभर चिनाएका भ्यालीको नेपाल प्रेम अनौठौं छ । ‘म विदेशी नजाने बाटो हिडँछु । त्यसलेमलाई नयाँ पन दिन्छ । दुर्गम र रिमोट क्षेत्रमा पुग्छ । बाटो बिराउँछु । कहिल्यै भोकैसुत्छु । फेरी गन्तव्य त भेटाइनै हाल्छु,’ उनि भन्छन्, ‘हाल सूदुरपश्चिमको बझाङ्ग र बाजुरमा पुगेर त्यहाँकोप्राकृतिक, सांस्कृतिक महत्वका बारेमा लेखिरहेको भ्यालीले बताए । ‘बाजुरा पनिअनौंठो छ । त्यहाँको बारेमा बुझदै छु । ती कुराहरु लैखदै छु’ उनले भने । भ्याली नेपालीमा आफनो कुरा प्रस्टरुपमा राख्न राख्छन् । उत्सवमाप्रश्नकर्ता रिजालले उनलाई अर्को प्रश्न गरे, ‘नेपाली भाष किन सिक्नु भयो रु’जवाफमा भ्यालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहुआयामिक संस्कृतिबुझिदैन् । दुर दराजमा अंग्रेजी र फ्रान्सेली भाषा बुझदैनन् । त्यसो हुँदा नेपालीसिके ।’