गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरंतर नि:शुल्क खाद्यन्न-सफ्ट ड्रिंक्स(Brisk Iced Tea) वितरण कार्यक्रम एघारौँ पटक आज सम्पन्न।

प्रकाशित मिति:

अमेरिका: गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क सफ्ट ड्रिंक्स(Brisk Iced Tea) वितरण कार्यक्रम मंगलवार, जुन ९, २०२० बेलुका भव्यता का साथ सम्पन्न गर्यो।

Dominico American Society of Queens संस्था का कार्यकारी निर्देशक Jose’ Tejada सँग सहकार्य गरी निशुल्क सफ्ट ड्रिंक्स(Brisk Iced Tea) वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई १२०० वटा बत्तल प्रतेक १लिटर को बत्तल सहयोग स्वरुप प्रधान गर्नु भएको थियो, जसमा ४५० वटा बत्तल हिजो सन्निसाइडमा वितरण गरिएको थियो भने बाँकी ७५० आज डाईभरसिटि प्लाजा, ज्याक्सन हाईट्स मा नेपाली लगाएत विभिन्न समुदायका ५०० जनालाई वितरण गरेको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।

आज फाउण्डेशनको एघारौँ पटक नि:शुल्क खाद्यन्न वितरण कार्यक्रममा तन,मन र वचन दिएर खटनेहरुमा उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सिम्खडा, ने.का. नेत्री कमला पन्त, स्वयंसेवकहरू क्रमशः रेखा श्रेष्ठ, नविना श्रेष्ठ, कल्पना दाहाल, लगाएत हुनुहुन्थीयो।यसै कार्यक्रममा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा लगाएत विभिन्न सघं सस्थांका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थीयो।गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले Dominico American Society of Queens संस्था का कार्यकारी निर्देशक Jose’ Tejada र नेत्री Yanna Henriquez लाई धन्यवादसहित आभार व्यक्त गर्दछ।