दीप बोर्डिङका विद्यार्थीहरूद्धारा बलात्कार र किशोरी माथि हुने यौन हिंसाका विरुद्ध सडक नाटक तथा हस्ताक्षर संकलन

प्रकाशित मिति:

दीप बोर्डिङ हाई स्कूल बुटवल–८, सुख्खानगरको कक्षा १० का विद्यार्थीहरूले बलात्कार र किशोरी माथि हुने यौन हिंसाका विरुद्ध सडक नाटक तथा हस्ताक्षर संकलन गरेका छन् ।समाजमा बढिरहेको महिला हिंसा र यसले निम्त्याएको समस्यालाई समाधान गर्न महिला हिंसाविरुद्ध सडक नाटक तथा हस्ताक्षर अभियान सुरु गरिएको हो । नाटक प्रदर्शन तथा हस्तारक्षर अभियान ४ दिनसम्म चल्ने र त्यसपछि संकलित हस्ताक्षरलाई पदेश नं. ५ का मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने कुरा विद्यालयका उपप्राचार्य सुरेन्दकुमार शाक्यले बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूले देवीनगर चौपारी र जेसिजचोकमा सडक नाटक तथा हस्ताक्षर सङ्कलन गरेका थिए भने नाटकमा सारांश थापा, धिरज चौहान, सुजल केसी, संगम खड्का, एलिना शिवाकोटी, प्रशस्त मिश्रा, मधु राना, करुणा भण्डारी, स्नेहा डाला मगर, सुलभ भण्डारी, विनिता बस्याल, सृष्टि पौडेल र सुस्मिता पाण्डेको अभिनय रहेको थियो ।करुणा थापाद्वारा लिखित नाटकमा महिलालाई यौन हिंसा गर्ने, तेजाब छर्कने र विभिन्न बहानामा गरिने महिला हिंसासम्बन्धी विषयवस्तुलाई समावेश गरिएको छ ।
आज बुटवलको ट्राफिकचोकमा सडक नाटक देखाइएको हो ।