काठमाडौं/ कोरोना भाइरसको महामारीले ब्राजिलमा ३९ हजारभन्दा बढीको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३०० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३९ हजार ७९७ पुगेको छ ।
एकै दिन ३३ हजार १०० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ७ लाख ७५ हजार १८४ पुगेको छ ।३ लाख ५५ हजार ८७ जनाको उपचार भइरहेको छ भने ३ लाख ८० हजार ३०० जना संक्रमण मुक्त भएका छन् । खबरहब बाट












