संसद वैठक छाडेर हिडेकी सरिता गिरीले भनिन् : या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ

प्रकाशित मिति:

काठमाडौं । संबिधान संशोधन प्रस्ताव अस्वीकार भएपछि हल बाहिर निस्कीएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले या त मैले अब आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्ने बताएकी छिन् । गिरीले आफूले संशोधन प्रस्ताव राखेपछि धेरै फोहोरी गालीगलौज सामना गरेको भन्दै जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन्।‘म महिलाको रूपमा बोल्दैछु – या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ,’उनले भनिन्।

उनले थप भनिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’, गिरीले भने, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्‍यो। महिलाहरूले निर्माण गर्नुभयो।’उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन्।‘ जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन’, गिरीले भनिन्।@radionrn

थप समाचार