विश्व नै कोरोना भाइरस (कोभिड्-१९) को तथाकथितमाहामारीबाट आक्रान्त बनेको छ । एकातिर यसलाई माहामारीको रूपमा फैलाईएको छ भने अर्को तिर यसलाई सामान्य रुघा खोकि(फ्लु) भनेर ब्याख्या पनिगरिएको छ ।
४० बर्ष अघि अमेरिकी पुस्तकहरुमा सन् २०२० को माहामारीको बिषयमा लेखिनु, सन् २०१५ मा CIA ले अमेरिकि राष्ट्रपतिलाई २०२० को माहामारीको बिषयमा प्रतिबेदन बनाएर पेश गर्नु, सन् २००५ मा तत्कालिन अमेरिकि राष्ट्रपति जर्ज डब्लु बुस्-॥ले बायो वार सम्बन्धी विष्लेस्षणात्मक मन्तब्य दिनु, सेप्टेम्बर ३ सन् २०११ मा कन्टान्जिअन जस्ता अंग्रेजी सिनेमामा पनि यसको जिकिर हुनाले पनि यस सम्बन्धी पहिले नै जानकारी भएको पुष्टि गर्दछ ।
अमेरिकामा हत्या गरिएका तत्कालिन ३५ औ अमेरिकि राष्ट्रपती जोन एफ केनेडिका भतिजा रोबर्ट एफ केनेडिले एउटा अभियान चलाईरहेका छन्, त्यो अभियान अरु कोही बिरुद्ध नभै बिल गेट्स फाउण्डेसन बिरुद्धको हो । एसिया र अफ्रिकामा जनसंख्या नियन्त्रणको कारण देखाइ बच्चाहरु मार्ने निन्दनिय कार्य बिल गेट्स फाउण्डेसनले गरेको आरोप लगाउदै केनेडिले अभियान नै चलाईरहेका छन् । मानवहित बिरोधी काम गर्नेलाई दण्डित गर्ने नाराका साथ बिल गेट्स बिरुद्ध यो अभियान अमेरिकामै संगठित रूपमा अघि बढीरहेको छ ।
विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्नेमा पहिलो अमेरिका र दोस्रोमा बिल गेट्स फाउण्डेसनपर्दछ । विश्वभर प्रयोग हुने भ्याक्सिन मध्ये अधिकांशभ्याक्सिन बिल गेट्स फाउण्डेसनले नै बनाउछ ।रोग निर्मुलताका लागी बनाइने भ्याक्सिनले न त पोलियो, न त बीफर, न त हात्ती पाइले, न त हेपाटाइटिस्, न त स्पानीस् फ्लु आदि कुनै पनि रोग जरै देखी निर्मुल पार्न सकेको अवस्था भने छैन बरु त्यसै सँग जोडिएर नयाँ रोगले जन्म लिएको तथ्यांकहरु भेटिन्छन् ।
सन् २०१९ को तथ्यांक अनुसार हरेक बर्ष ५ करोड ७५ लाख मानिसको मृत्यु भएको थियो । जसमा प्रतिदिन झाडापखालाबाट ४,३००, मुटु रोगबाट ५०,००० क्यान्सरबाट २५,०००, टिबिबाट ४,०००, आदि । सन् २०२० मा ३ करोड ७५ लाख को मृत्यु भैसकेको छ । अब ४ महिना बाकी भैरहदा, सन् २०१९ को मृतकको तथ्यांकलाई सन् २०२० को तथ्यांकले पुग्-नपुग् भेट्न सक्ला । त्यसैले कोरोना भाइरस (कोभिड्-१९) लाई माहामारी भन्नै मिल्दैन ।
मार्च ११, २०२० मा विश्व स्वास्थ्य संगठन्, विश्व बैंक र नेपाल सरकार बिच बैठक सम्पन्न भयो । गरीब राष्ट्रलाई कोरोना माहामारीको सहयोग दिने नाममा नेपाललाई पनि २९ मिलियन डलर दिइयो र त्यसपछी नेपालमा पनि यसको खेल सुरु भयो । चैत्र ५ गते भित्र सबै शैक्षिक गतिबिधी बन्द गर्ने निर्देशन दिइयो । चैत्र ६ गते एस्. ई. ई. को परिक्षा मुखैमा रोकियो । यसले तकरिबन साढे ४ लाख परिक्षार्थी, क्षिक्षक, कर्मचारी , अभिभावक र सम्पूर्ण सरोकारवाला गरी एकै झट्कामा लाखौंमा मनोबैज्ञानिक त्रास फैलाउन सफल भयो । यो ठ्याक्कै सिनेमाको रिलिज डेट कुरे जस्तै हो र यसको रिलिजले नै एकै चोटी हाउगुजी मच्चाउन सफल भयो ।
कोरोना भाइरस विश्व स्वास्थ्य संगठनको आडमा मेडिकल कर्पोरेटहरुले चलाएको मेडिकल आतंकभन्दा अरु केहि पनि होईन । आर. डि. टि., पि. सि. आर्., भ्याक्सिन, औषधी, सेनिटाइजर आदिको पूर्ण धन्दा चलाईएको छ । चिनबाट अनुदान पाएको औषधीमा पनि टेन्डरको अभिनय गरायो नेपाल सरकारले, कही नभएको जात्रा हाडिगाउँको भन्या झै प्रजातािन्त्रक मुलुकमा सेनालाई औषधी खरिदमा मुसेर भ्रष्टाचारको बलियो कवच खडा गरियो । क्वारेन्टाइन र आइसोलसनको नाममा प्रत्यक्ष भ्रष्टाचार र नीतिगत भ्रष्टाचार दुबै गरायो । यहाँ सेनिटाइजरलाई अचुक औषधी भनेर प्रचार गराइदै छ । कुनै मापदन्ड बिना, कुनै दर्ता बिना घस्नेले घस्या घसै छन र बेच्नेले बेच्या बेचै छन् ।जबकी सेनिटाइजर यती घातक चिज हो जसले शरिरमा रहेको एन्टी बडिजलाई नष्ट गरिदिन्छ । यसमा प्रयोग हुने ईथानल शरिरकालागी घातक सिद्ध हुन्छ । मास्क लगाएन भने मरिहालिन्छ कि भनेर प्रचार गराइएको छ, जबकी अक्सर मास्क लगाउनाले स्वाश-प्रस्वाशमा समस्या आउॅछ, अक्सिजनको कमी हुन्छ र आफैले फालेको कार्बन्डाइअक्साइड लिन बाध्य भइन्छ । नेपालमा मात्र नभै विश्वभरी नै मानिसहरुलाई मनोरोगी बनाउने र मनोरोगको संख्या बढाएर आत्महत्याको केस बढ्दो छ । मानिसहरुमा कोरोनाबाट मर्ने समाचार र भयावह मच्च्याउनका लागी कोरोनाबाट तड्पी तड्पी मरेको भिडियो एनिमेसन देखाइन्छ ।भेन्टिलेटरमा स्वाश फेर्न गार्हो भएको भिडियो निर्माण गरी मानिसहरुमा आतंक फैलाईएको छ । के भेन्टिलेटर पहिले थिएनन् ? के स्वाश प्रस्वाशमा समस्या भएर पहिले मृत्यु हुँदैन थियो ? के भेन्टिलेटर बनेको कोभिड्-१९ आएपछी मात्रै हो ? यस्तो त्रास भरिदिए आम मानिसहरुमा र भीड चेतनामाथी ठुलो प्रहार गरियो ।
ईटालिको हेल्थ रिसर्च काउन्सिलले स्पष्ट उल्लेख गरेको छ कि मृतक मध्ये २५ प्रतिशतलाई क्यान्सर र अन्य एक रोग थियो, २५ प्रतिशतलाई क्यान्सर र किड्नीको रोग थियो, ४८.५ प्रतिशतलाई क्यान्सर्, किड्नी र मुटुमा गरी तीन रोग थिए, ०.८ प्रतिशतलाई मात्रै कुनै रोग थिएन जो कोरोनाका कारण मरे । ९९.2 प्रतिशत मानिस अरु रोग बाट मरेका हुन भनेर ईटालिको हेल्थ रिसर्च काउन्सिलले नै भन्छ । यहाँ हरेक रोगबाट मरेकालाई कोरोना कै भकारीमा राखी संख्या बढाउने खेल एवम् राजनीति विश्व स्वास्थ संगठनले गरी रहेको छ । नभए बिज्ञहरुले भन्दिनु पर्यो कि भ्याक्सिन बिना औषधी बिना चिनमा कसरी कोरोना निर्मुल भयो । संसारमा करीब एक करोड भन्दा बढी मानिसहरु औषधी र भ्याक्सिन बिना कसरी निको भए ? त्यसकारणले गर्दा आत्तीन पनि भएन र अत्त्याउन पनि हुँदैन ।
पि सि आर परिक्षण नगरिकन, लकडाउन नगरिकन, सेनिटाइजरको प्रयोग नगरिकन यो खेलो बुझ्ने मुलुकहरु पनि छन् । जस्तै भियतनाम्, कम्बोडिया, भुटान्, ताइवान्, बेलारस्, तान्जानिया, क्युबा, उत्तर कोरिया, स्विडेन्, आदि । तान्जानियाको राष्ट्रपतिले त आफै रसायन शास्त्रमा बिद्याबारिधी गर्नु भएको छ । उहाले यो बिषयमा चर्को आलोचना गर्दै आउनु भएको छ । हाम्रै छिमेकी राष्ट्र इन्डियामा पनि डा. विश्वरूप रोहित चौधरिले मेडिकल कर्पोरेट र माफियाबिरुद्ध अभियान चलाई राख्नु भएको छ ।
कोरोना भित्र विश्व स्वार्थ एवम् राजनीति जोडिएको छ । भ्रष्ट सरकार, कमजोर प्रतिपक्ष, एवम् भीड चिन्तनमा विश्वास गर्ने जनता भएकै कारण हामी नेपाली पनि यो त्रासको सिकार बन्न पुगेका छौ । विश्व मेडिकल कर्पोरेटको धन्दाको सिकार हुँदा पानी हामी नेपाली मौन छौ । यत्रो कोरोना शीर्षकमा बजेट हुँदा हुँदै पनि पचास हजार देखी दुई लाख खर्च गराएर बिदेशबाट नेपाली मगाई, दश देखी बार्ह हजार कोठाको पर्ने तारे होटेलमा क्वारेन्टाइनको नाममा राखेर गरीब जनताको पैसा चुस्नु अपराध होईन, होईन भने के हो ? साना सटर व्यवसायीले घर छोड्न बाध्य भएक छन भने घर साहुले टु-लेट लेख्न बाध्य भएका छन् । यातायात्, बिद्यालय, पर्यटन र कल कारखानालाई ठप्प बनाइएको छ । व्यवसायी ऋणमा चुर्लुम्म डुबिसकेका छन् । ज्यालादारी र कर्मचारीलाई पूर्ण रुपले बेरोजगार बनाइएको छ । आर्थिक रुपले टाट बनाएर मनोबैज्ञानिक रूपमा पनि कमजोर बनाउने काम यो सरकारले गरिरहेको छ ।मज्जाले हिडिरहेको स्वस्थ मानिसलाई कन्ट्र्याक्ट ट्रेसिङको नाममा पि सि आर गराउदै पोजिटिव देखिने बित्तिकै आइसोलेसनमा हुलिदै छ । सामाजिक सन्जालका भित्ताहरु सिघ्र स्वास्थ्य लाभको कामना लेख्दै मनोबैज्ञानिक तवरले विश्वलाई प्रताणित बनाउदै रङाइएको छ ।
सुरुमा बेतुकको आर डि टि को धन्दा भयो, मान्छे छोप्दै झ्याप्प झ्याप्पै क्वारेन्टाइनमा हाल्न थालियो । आर डि टि फ्लप भएपछी पि सि आर आयो । पि सि आरको अन्वेषक क्या्रिमुलस र कम्पनी स्वयमले नै यो किटलाई अनुसन्धान र बस्तुगत अध्ययनका लागी मात्र उपयुक्त भएको तर डाइग्नोसिसका लागी होईन भनेको छ तर हाम्रो भरोसा र विश्वासको आधारस्तम्भ नै पि सि आर टेष्ट बनेको छ र बनाइएको छ । नेपालका प्रधानमन्त्री के पि शर्मा ओलिले बेसार पानी, कागती , अदुवा, लसुन्, हर्रो बर्रो, बोजो र तुलसी पानी पिउनु पर्छ भन्दा प्रभुत्त्व चिकित्सा बिज्ञहरुबाट खण्डन गर्दै मजाक बनाइयो । एलोपेथिका अगाडी आयुर्वेदलाई घटिया ब्यङय गरियो । आयुर्वेदका चिकित्सकहरुले पटक पटक सरकारसँग भेट गर्न खोज्दा भेट दिइएन, वेवास्ता गरियो । बिज्ञहरुबाट आयुर्वेदका बिषयमा बिस्लेश्णात्मक ढङ्गले आलोचना गरियो । बिमा कम्पनिले धमाधम कोरोना बिमा गराउन थाल्यो । नियम कानून केहि भएन, बेथितिको धरातलमा करोडौ रुपैयाँ उठाउन थालियो । कोरोनालाई धन संकलन गर्ने असली माध्यम बनाइयो । मानिसहरुलाई आर्थिक हिसाबले टाट बनाउने र मनोबैज्ञानिक हिसाबले कमजोर बनाई बेहया राजनैतिक बृत एवम् विश्व स्वास्थ संगठन केन्द्रित गिरोहको रजाई गर्ने खेल हो यो तथाकथित माहामारी!!