जब सिद्धार्थ गौतम बुद्ध रात्री क्याम्पस बुटवलमा खुल्यो तब तत्कालीन अवस्थाका जागिरे कर्मचारीले पनि एसएलसी पछि अध्यन जारी राख्ने अवसरको ढोका खुल्यो , पेट्रोम्याक्स , जेनेरेटर हुदै बिजुलिमा आएको अवस्था थियोे , लामो अध्यारोबाट झ्याप्प उज्यालोमा पुग्दा आखा तिर्मिराउछ एकैछिन । कहिलेकाही सर आउन ढिलो हुँदा वा नआउदा टेबुल ठोक्दै बनाउदै गीत गाइन्थियो त्यही सन्दर्भमा मैले मित्र दिपक भट्टराईलाइ स्वर अलि मिलेन भन्दा अरुलाइ मिल्यो मिलेन भनेर स्वर सुनाएको भन्दा आफ्नो आनंदको लागि गाएको भन्दा म अवाक भएको थिए , कसरी यस्तो हार्दिक उत्तर निस्कियो जस्ले मेरो अग्रतालाइ ब्रेक लगाइदियो र नयाँ सुत्रको खोजीको ढोका घच्घच्यायो , मैले राज रहस्य जान्न खोजे ओशो रजनिशको पुस्तक पढ्न सल्लाह दिए र केही दिनपछि एउटा पुस्तक दिए पढेर तुरुन्तै सकाए । जिवन प्रति अलग धार र गति प्रदान गरेका ओशोको बारेमा अझै जिज्ञासा् जागेर आयो , किताब किन्ने पढ्ने र क्यासेट सिडि सुन्ने हेर्न गर्न थालियो र त्यस्ले जिवनमा बास्तबिक परिवर्तन नहुने हुँदा ध्यान नै रुपान्तरणको कडिमा बुझेर ध्यान गर्ने ठाँउ बनाउन राजमार्ग चौराहास्थित डाक्टर डिबि सिहको क्लिनिक पाइयो , कहिले पार्क कहिले एक दिवशिय शिविर गर्दै पुलचोकमा किशोर पौडेल स्वामी अमृत गगनको अगुवाइ र म लगायत केही ओशोप्रेमी मित्रहरूको अगुवाइमा ओशो अमृतबर्षा ध्यान केन्द्र स्थापना गरियो र तुरुन्तै जहाँ शिविर लाग्छ उहि पुगेर ओशोको शिष्य बन्ने जमर्को जाग्यो। चितवनबाट मा धर्मज्योतिले सन्चालन गरेको शिविरबाट दिक्षा प्राप्त गरि फर्किएका किशोरजी र म १९९७ मा रक्सौल पुगेर ओशोको आधिकारिक शिष्य ग्रहण गरियो यानीकी सागर पाण्डे स्वामी अमानो शुरधाममा रूपान्तरित भयो।
बुटवलमा उत्साहजनक तरिकाले काम गर्न हामीले ओशो अमृतदर्शन पुस्तकालय नै खोल्यौ र जिप्रका रुपन्देहीमा बिधिवत दर्ता गरि ध्यान केन्द्रमै सन्चालन गर्यो यस कार्यमा शिव प्यासी , अरुण मानान्धर ,बिष्णु पौडेल ,प्रकाश घिमिरे लगायत मित्रहरू को योगदान छ। पुस्तकालयलाइ समृद्ध बनाउन प्रसिद्ध भारतिय अभिनेता बिनोद खन्ना उर्फ स्वामी बिनोद भारती काठमाडौंको प्रज्ञा प्रतिस्स्ठानमा आयोजना हुने ओशो पुस्तक प्रदर्शनीमा अतिथिका रूपमा आउने भएपछि म डिसियसबाट २ दिन बिदा लिएर भेट्न आएको थिए , त्यति बेला स्वामी आनंद अरुण , मैत्रीय स्वामी र नेपाल स्वामी लगायत ओशो तपोबन मातहत नै हुनुहुन्थ्यो तर दु:खद ओशोका शिष्यले पनि राजनीति पार्टी जस्तै अन्य ध्यान केन्द्र खोज्न पुगे । ओशो तपोबनको एउटा ध्यानशिविरमा आउदा ओशोली तत्कालीन निजि सचिव मा योग निलमलाइ सोध्न तयार गरेको प्रश्नको संदेश भने रोचक छ , एक मित्रलाई प्रश्न थमाउदै सोध्न आग्रह गरे उहाँले पढेपछि हैट यस्तो प्रश्न भनेर मलाई नै फिर्ता दिए , किशोरजीलाइ देखाए , उहाँकै उत्तर पाएपछि एकाएक आफैले प्रश्न सोध्ने मुर्खता गर्ने अठोट पलायो । क्रमशः अस्तु। स्वामी अमानो शुरधाम ( सागर पाण्डेय ) बुटवल /काठमाडौं ( तस्वीरमा ओशोकी सर्बाधिक बिबादास्पद शिष्य मा शिला , काठमाडौं आउदा)









