आईएनजिओको ‘एसिया प्यासिफिक समिट’मा सरकारको संलग्नता प्रति काँग्रेसको आपत्ति

प्रकाशित मिति:

काठमाण्डौ मंसिर ८ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा आयोजना गर्न लागेको एसिया प्यासिफिक समिटको सरकार सहआयोजक बनेकोमा गम्भीर आपत्ती जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको कार्यक्रममा सरकार सह आयोजक हुनु गम्भीर विषय भएको बताएका हुन्। मुलुकभर हत्या हिंसा बढिरहेको समयमा शान्ति सुरक्षार्थ र जनताको सरोकारको विषय सम्बोधनमा फेला नपरेको सरकार अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको कार्यक्रमको निम्तो कार्डमा सह आयोजकको रुपमा फेला परेको भन्दै उनले व्यंग्य गरे। अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको कार्यक्रमको सह आयोजक सरकार र संसद भएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सरकारलाई सच्चिन आग्रह गरे।

धर्म निरपेक्षतालाई अंगिकार गर्दैगर्दा धर्म प्रचारको लागि हुँदै गरेका विवादास्पद कार्यक्रमको स्वयम् सरकार र संसद सहआयोजक हुनु संविधानको बर्खिलाप भएको दाबी प्रवक्ता शर्माले गरे। उनले जुनसुकै विषयमा दुई तिहाईको दम्भ दिने सरकार आईएनजिओ, एन जिओको सहआयोजक बन्न सुहाउँछ भन्दै व्यंग्य गरे।

‘आईएनजिओले नेपाल सरकारलाई सह आयोजक बनाएर आफु आयोजक बन्दै गर्दा सरकारले पत्तो पाएन भने प्रतिपक्षीले त पत्तो पाउनु पर्यो। सरकार सहआयोजक भएर एउटा आईएनजीओले कार्यक्रम गर्नुपर्ने अवस्था आयो। दुई तिहाई वहुमत प्राप्त सरकार यति दुब्लो भईसक्योरु यति कमजोर भईसक्योरु दुई तिहाई बहुमत प्राप्त भएको बिर्सिसक्नु भयोरु कसरी यो भईरहेको छ भन्ने बारेमा सरकारको जवाफ प्रतिपक्षी दलको रुपमा हामी चाहन्छौ।’

क्रिश्चिय धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसनको नेपाल शाखाले मंसिर १५ गते होटल हायातमा गर्न लागेको एशिया प्यासेफिक समिट नाम दिईएको सम्मेलनको नेपाल सरकार र संघीय संसद सह आयोजक भएको भन्दै चौतर्फी विरोध भईरहेको छ।