निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न आग्रह

प्रकाशित मिति:

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोध गरेको छ । मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै १०० बेडभन्दा माथिका निजी अस्पताललाई आजकै मितिबाट १५ दिनभित्र प्लान्ट जडान गरि मन्त्रालयमा जानकारी गराउन सूचित गरेको हो ।