मंसिर १३, २०७५ काठमाडौं / प्रदेश इन्चार्जहरु बनाएको लामो समय पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार सम्पन्न सचिवालय को बैठकले प्रदेशका सदस्यहरुको नामावली टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको बुधबार बेलुकी बसेको बैठकले प्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो लगाएको हो। बैठकले प्रदेश कमिटीका सदस्यहरूको नामावली टुंगो लगाएको बैठकपछि पत्रकारसँग नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए पनि सदस्यहरूको पूर्ण विवरण भने बिहीबार मात्रै सार्वजनिक गर्ने निर्णय भएको उनले बताए। नेकपाले यसअघि प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज, सहइञ्चार्ज तोकिसकेको छ। त्यस्तै आगामी बैठकले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण, जिल्ला समितिको मुख्य नेतृत्व टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए।












