कलेजको अन्तिम दिन आज !!!

प्रकाशित मिति:

जसरी बगेको खोला फर्किन  त्ययसै गरि यो समय अब पाहिदैन होला , जीवनको अमूल्य याद सहित साथीहरु बाट छुट्ने दिन आएको छ। सायद ती बेञ्चहरु,कोठाहरु,स्कुलका ती धाराहरु सँग पनि अन्तिम भेट होला । सायद साथीहरुसँगको पनि अन्तिम भेट हुन सक्छ। कलेजको पहिचानको बोकेका ती ड्रेस आज अन्तिम पटक लगाइन्छ होला, जाँचमै किन नहोस ती साथीहरुसँग सायद अन्तिम पटक एउटै बेञ्चमा बस्दै छौ। त्यी गुरुहरुको गाली माया र कतिपय गुरुहरुलाइ नाम राखेर पनि जिस्काइयो होला त्यि सबै दुई वर्ष देखिका यादहरु संगालेको ठाउँ सायद आज परिक्षा दिदै भएनी अन्तिम पटक जाँदै छौ। यस्तो कलेज छ्या किन पढियो होला भन्दै दुई वर्ष बितेको पत्तै भएन ।

त्यही यस्तो कलेजले आज आफ्नो जिवनका एक महत्त्वपूर्ण पात्र साथीहरु  दियो। सरहरुले पढ्नुपर्छ है भन्दा रिस उठ्थ्यो तर साच्चै मिहिनेत गर्नुपर्दो रहेछ भन्ने भान भैरहेको छ।यादहरु सधैं आइरहनेछन कसैलाई पिटियो होला!!  जिस्काइयो होला!!  मनमुटाव भएर बोल्नै छोडियो होला कोहिसँग बिनाकारण बोलिएन पनि होला। जे होस सबैको जीवन खुसी होस् कोहि डाक्टर बनौला कोहि इन्जिनियर , कोहि बैंकको म्यानेजर बनौला , तर १० वर्षपछि बाटोमा भेटिदा ओय साथी भनेर बोलाउन नबिर्सनु । सुखद र सफल भविष्यको कामना सम्पुर्णको भविष्यमा देखेको सबै कुरा पुराहोस जिवनको नयाँ बाटो अब सुरु हुदैछ कहिले पनि नआतिनु जीवनको बाटोमा धेरै सफलता मिलोस सबैलाई शुभकामना ।

मधुसूदन नेपाल
विद्यार्थी
नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय ।
देविनगर ,बुटवल-११ रुपन्देही