कांग्रेसले सार्वजनिक गर्याे महासमिति बैठक तालिका

प्रकाशित मिति:

काठमाडौं, २७ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मंसिर २९ गतेबाट काठमाडौंमा हुने महासमिति बैठकको कार्यतालिका सार्वजनिक गरेको छ ।

सिंहदरबारअगाडि रहेको यगम्बर पार्टी प्यालेसमा हुने बैठकका लागि २८ गते नै नाम दर्ता गर्ने समय निर्धारण गरिएको छ । जसअनुसार अपरान्ह २ देखि ५ बजे सम्म पार्टी कार्यालयमा गएर दर्ता गर्नुपर्नेछ ।

कांग्रेसले जनाएअनुसार महासमिति बैठक उद्घाटन कार्यक्रम भने २९ गते बिहान ११ बजे हुने र सोही दिन बन्द सत्र पनि प्रारम्भ हुनेछ । बन्द सत्र सोही पार्टी प्यालेसमा पुस ३ गते सम्म जारी रहने कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।