राष्ट्रियता, प्रजातन्त्र र समाजवादू नेपाली काँग्रेसका कालजयी सिद्धान्त हुन् । तेसैका लागी पहिलो पुस्ताले गरेको त्याग तपस्या र बलिदानको सुनौलो इतिहास एसको अमूल्य निधि हो । वी पीले आदर्श रोजे र इतिहास रचे । सूर्यबहादुर तुलसी गिरिहरूले स्वार्थ्य रोजे र सत्ताको स्वाद भोगे । सत्ताको नाम फेरिए पनि आदर्श र स्वार्थ्यको द्वन्द्व पूरानै होस यो अहिले पनि जारी छ । अमूल्य सैद्धान्तिक निधि र त्यागि नेताहरूको प्रत्यक्ष प्रशिक्षण दोस्रो पुस्ताले दुबै विरासतमा पायो । स्वयं मेहनत नगरी विराशतबाट पाएको वस्तुको महत्व बुझ्न गाह्रो हुँदोरहेछ । सत्तामा पुगेर पनि आदर्श बँचाउन खोज्नेहरू समाप्त हुँदैगएस सत्ता संघर्षमा सफल हुँनेहरू नीजी स्वार्थ्यमा रमाउँदै गए । आदर्श र स्वार्थ्यको यो पूरानो द्वन्द्वबाट यो पुस्ता पनि मुक्त रहन सकेन । व्यक्तिगत स्वार्थ्य पनि महान् प्रकृतिको नभएर क्षूद्र र क्षणिक स्वार्थ्य नै मूल मुद्दा बन्न थाल्यो ।
काँग्रेसको तेस्रो पुस्ताले पहिलो पुस्ताको आदर्श र दोस्रो पुस्ताको स्वार्थ्य संघर्ष दुबै देख्योस दुबैको प्रभाव उनीहरूमा देखिन्छ । दुबैलाई सँगैलान कसै सकिंदैनस द्विविधामा बस्न उचित हुँदैन । बेलैमा आफ्नो दिशा पहिल्याएर हिंडेमात्र लक्षमा पुगिन्छ । पहिलो पुस्ताकै प्रशिक्षण पाएका तर सत्ता बाहिर रहेकाले आदर्श बचाएर बाँचेकाहरू तमासे बनेर बस्नु भएनस स्वयं चाणक्य बनेर जाग्नु पर्यो । प्रजातन्त्र नभै राष्ट्रियता जोगिंदैनस समाजवाद नभै प्रजातन्त्र टिक्दैनु भन्ने वीपीको महावाँणी राष्ट्रिय र अन्तर्राष्ट्रिय सबैले बुझे । राजाहरूले पनि र कम्युनिष्टहरूले पनि प्रजातन्त्रलाई पूरै नकार्ने आँट गरेनन् । राज्य लोक कल्याणकारी नबनाइकन पुजीवादी व्यवस्था जोगिंदैन भन्ने कुरा योरोपेली र अमेरिकी राष्ट्रहरूले पनि बुझे । ७० वर्ष अघि यो कुरा बुझेर प्रजातान्त्रिक समाजवादु अपनाएका वीपीको कुरा आफ्नै पार्टीले नबुझेर अलमलिएको देखिन्छ । राजाको हुकुम् प्रमाङ्गी बेहोरेका र पार्टी पनि अध्यक्षात्मक प्रणालीमा चलाएका नेताहरूले अध्यक्ष पद नै ठूलो हो भन्ने बुझे । राजाको झैं आफ्नो हुकुम पनि अरूले मानेको रूचाउने र प्रतिवाद गरेको नसहने भए । सबै अध्यक्ष हुन खोज्नेस दोस्रो पदकालाई गन्दैनगन्ने भए । तेसैले नेताहरूको स्वभाव अनुसारको अध्यक्षात्मक पद्धति अपनाउदा नै राम्रो होला । अध्यक्षात्मक प्रणालीमा कि नेता योग्य, सफल र जिम्मेवार शासक बन्न सिक्छन्स कि बाहिरिन बाध्यहुन्छन् । अध्यक्षात्मक प्रणाली नेताका विचारले चलेको हुन्छ । वीचार विहीन नेता सत्तामा आउनै सक्सदैनन्मा । विधान त नेताको प्रतिबद्धता मात्र हो । एसमा नेता मात्रा ठूलो हुन्छ । अरूको श्रेणी नेताले नै निर्धारण गर्छ । सबैको समान सहभागितामा आवधिक निर्वाचनमा गएपछि प्रजातान्त्रिक पनि हुन्छ । सबैले जै जै कार गरेकोस मालाले ढाकेको पनि सुहाउँछ । नेताका स्वभावले रुचाएको र अभ्यस्तको यो पद्धति छाडेर नौलो संसदीय पद्धति अपनाउन खोज्दा काँग्रेस अल्मलियोस काँग्रेस अल्मलिंदा देशै अल्मलियो ।
अब पार्टीलाई कि पूर्ण अध्यक्षात्मक बनाऔं कि पूर्ण संसदीय बनाऔं । पार्टीलाई संसदीय नै बनाउने हो भने पनि दुई तरिकाले बनाउन सकिन्छ । एउटा तरिकास् कार्यकर्ताले सभासद सदस्यहरू चुन्नेस सभासदले सभापति चुन्नेस सभापतिले स्वेच्छामा सहयोगी पदाधिकारी नियुक्त गर्ने । चुन्दा बहुमतले चुन्नेस बीचमा फेर्नु परे दुई तिहाइले हटाएर फेर्ने । अर्को तरिकास् विधानले तोकेका सबै पदमा निर्वाचनबाट आएकाहरूले बराबर हैसियतमा आ आफ्नो पदीय दायित्त्व निर्वाह गर्ने । कुनै पदमा मनोनित गर्नु परे बहुमतको नेर्णयले गर्ने । संसदीय प्रणालीमा कामको आधारमा पदको नाम मात्र फरक हुने होस ठूलो र सानो भन्ने कोही हुँदैन । यो प्रणालीले राजा र प्रजास अध्यक्ष र सदस्य सबैलाई समान मान्छ । सदस्य बरू स्वतन्त्र हुन्छस अध्यक्ष त काष्टिङ् भोटको परिधिमा सीमित हुन्छ । बहुमतले राजालाई रङ्क र रङ्कलाई राजा बनाउन सक्छ । बहुमतले बनाएका विधान वमोजिम सबैको कर्तव्य, अधिकार र दायित्व हुन्छन् । विधान मिच्ने अधिकार कसैलाई हुँदैन । संवैधानिक राजतन्त्र भएको बेलायतबाट भित्र्याइएको एस्तो व्यवस्थालाई नेपालमा कसैले रुचाएनन् । राजाले पनि संसदका अधीन बस्न रुचाएनन्स संसदले पनि राजालाई नरुचाएर विस्थापित गरिदियो ।
संसदीयको वकालत भाषणमा गरे पनि काँग्रेसका वर्तमान नेताहरूमा संसदीय स्वभाव देखिएन । नेता ठूलो र नागरिक सानो ठान्नेस विधानलाई लत्याएर निर्णय गर्ने सोंच नै संसदीय हैन । संसदीय तरीकाले सरकार चलाउन पनि काँग्रेसले जानेन । स्पष्ट बहुमतको एकमना सरकार २, २ पटक आफैले गिरायो । संसदीय अभ्यासमा लान खोज्दा पार्टीमा पनि किचलो मात्रै देखियो । तेसैले विधान संशोधनको यो घडीमा अध्यक्षात्मक प्रणाली अपनाउँदा राम्रो होला । सबैको सहभागिता र कर्तव्य अधिकारको स्पष्ट व्याख्या गरिएको सनातन हिन्दू संस्कृतिको वर्णाश्रम व्यवस्था यहाँ प्राशङ्गिक हुन्छ । कसैले तप गरेर ज्ञान र सम्मान पाउनेस कसैले सत्ताको शक्ति रोजेर संघर्षमय जीवन बिताउनेस कोही धन सम्पत्तिको बैभवमा मात्र रमाउनेस कोही सुख सुविधाको सुनिश्चितिमा मालिकका सेवक बन्ने । सबै कुरा एकै ठाऊँ थुपारीदिन प्रकृति वा परमात्मा दुबैलाई स्वीकार्य भएन । आदर्शका कारण पूजिने रामले कहिले वनवासी जीवन विताएस सीता पनि गुमाएस कहिले शासन पनि पाए । ज्ञान पनिस सत्ताको शक्ति पनिस सम्पत्तिको बैभव पनि र सुख सुविधा को भोग(विलास पनि सबै आफैमा समेट्न खोज्नेलाई रावण भनियो । एस्तो समानतामा आधारित सनातन व्यवस्था पनि काँग्रेस कै सहभागितामा समाप्त पारियो ।
स्वतन्त्रता प्राणीमात्रको स्वाभाविक प्रवृत्ति हो । स्वतन्त्रताको मर्म सनातन स्वधर्मको पालना हो । व्यक्तिगत स्वतन्त्रताको ग्यारेण्टी गर्ने प्रजातन्त्र नै नेपाली काँग्रेसको प्राण हो । यो बुझ्न पनि सजिलो छस पालना गर्न पनि । नीजी विषयमा पूर्ण स्वतन्त्रता खोज्नेस साझा विषयमा सबैले समान रूपमा आ आफ्नो मत राख्नेस बहुमतको निर्णय सबैले मान्ने । हामीले बुझेको प्रजातन्त्र त एति सरल छ । एति सरल पद्धति अङ्गीकार गरेका पार्टीको केन्द्रीय समितिले पदाधिकारी संख्या, सदस्य संख्या, मनोनित हुने संख्या जस्ता सामान्य विषय पनि निर्णय गर्न नसकेर सकसमा छ भन्ने सुनियो । कतै नेताहरूले प्रजातन्त नै बिर्सेर त हैन अनभ्यासे विषं विद्याू भन्छन्स तेस्तै भएको त हैन रु भुस र चामल दुबै मिसाउन खोज्दा पकाएर खान पनि नसकिनेस फाल्न पनि नसकिने उपयोग बिहीन मिसमास भएको त हैन रु अहिलेको अलमल यही हो । शासन व्यवस्था राजतन्त्रीय छ कि, राष्ट्रपतीय वा संसदीय भन्ने भन्दा पनि त्यो तन्त्र निर्णयमा जनताको कति सहभागिता छ भन्ने अहं प्रश्न हो । व्तक्तिको जीऊ धनको कति सुरक्षा छ भन्ने कुरा मुख्य हो । एक तन्त्रीय वा बहुतन्त्रीय जे भए पनि त्यो तन्त्र निर्माणमा आफ्नो कति सहभागिता छ भन्ने कुरा हो । सत्ता र जनताबीचको संझौता कति जनपक्षीय छ भन्ने कुरा हो ।
आफ्नो स्वतन्त्रता र सुरक्षाको कुराले जनतालाई फरक पार्छ । जनताका लागि जीवनोपयोगी शिक्षा र विश्वसनीय स्वास्थ्य सेवा कति सुलभ छ रु योग्यता र क्षमता अनुसारको रोजगारीका साधन कति उपलब्ध छन् रु भन्ने कुराले जनतालाई फरक पार्छ । जुन सुकै नामको होस् तर देशमा सरकार छ, गुण्डाराज छैन, मेरो जीवन र आर्जन सुरक्षित छ भन्ने कुराले फरक पार्छ । आफूलाई दुस्खपर्दा शर्मिन्दा नभै गुहार पाइने ठाऊँ छ भन्ने कुराले जनतालाई फरक पार्छ । तेसैले अब यो महासमिति बैठकबाट काँग्रेसले आफ्नो ुराष्ट्रियता, प्रजातन्त्र र समाजवाद अनुसारको सनातन धर्मको मर्म बुझेर जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी भेदभाव रहित, समृद्ध सनातन हिन्दू राष्ट्र कायम गर्ने अभियानमा जुटोस् । एसैबाट मात्र नेपालीको गुम्दैगएको स्वाभिमान, गौरव र अस्तित्व कायम हुनेछ भन्ने पूर्ण विश्वास साथ एस अभियानमा जुट्न हार्दिक अपील गर्दछौं । पदमप्रसाद पाण्डेय, ९७५१०५०२३२ पूर्व सांसद शङ्करप्रसाद पाण्डेय ९८५१००६२८९
जय सनातन राष्ट्र जय नेपाल












